हस्तकला व्यापार मेला शुरु

हस्तकला व्यापार मेला शुरु

काठमाडौ । आजबाट १५ औं हस्तकला व्यापार मेला काठमाण्डौमा शुरु भएको छ । भृकुटीमण्डपमा मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको हो।

हस्तकला उद्यमीबाट उत्पादित सामग्रीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार विकास तथा निर्यात प्रवद्र्धन गर्नेे उद्देश्यले मेला अयोजना गरिएकोे हो।

महासंघका अध्यक्ष धर्मराज शाक्यले मेलामा १० वटा पेभिलियन सहित दुई सय वटा स्टल रहेको जानकारी दिए । बंगलादेश, पाकिस्तान, भुटान तथा चीनका प्रदर्शनकर्ताले पनि मेलामा भाग लिएका छन् ।

मेलामा २५ जिल्लाका उद्यमीहरुले भाग लिइरहेका छन् । मंलबारसम्म चल्ने मेलामा छालाका जुत्ता, पश्मिना र फाईवरमा आधारित टेक्सटाईलका वस्तुलाई पनि मेलामा उच्च प्राथमिकताकासाथ राखिएको छ ।