“मनको बाबरी” प्रदर्शनले हङकङमा तहल्कै मच्चायो

“मनको बाबरी” प्रदर्शनले हङकङमा तहल्कै मच्चायो

हङ्गकङ्ग । नेपाली समाजमा रहेको सामाजिक कूरीती र कुसंस्कारका विरुद्ध निर्माण गरिएको चलचित्र ’मनको बाबरी’ लाई हङकङमा भब्यताकासाथ प्रदर्शन गरिएको छ।

तमु प्ये ल्हु संघ हङकङको अगुवाईमा यमाताई कम्यूनिटी हलमा चलचित्र प्रदर्शन पश्चात कमेडी र दुःखान्त मिश्रित कथावस्तु रहेको र अरु चलचित्रभन्दा फरक धारमा निर्माण भएको धारणा दर्शक दिर्घाले प्रतिक्रिया दिएको निर्माता एवं नायिका एन्सर्ज गुरुङले वताइन्।

माओत्से गुरुङकै लेखनमा निर्माण गरिएको फिल्म मनको वावरी ले औंसिया (औशी तिथिमा जन्मेका) को बिहे कुनैपनि हालतमा हुन नसक्ने र यदि बिहे भइहाले पनि समाज र घरपरिवारको लागि ठूलै अनिष्टसम्म पार्ने अन्धविश्वासी सोचलाई नराम्रो गरी चिरफार गरेको सन्देश दिएको छ।

माओत्से गुरुङ फिल्म्सको प्रस्तुतिमा एन्सर्ज गुरुङ र हेमन्त गुरुङको संयुक्त रूपमा निर्माण भएको हो चलचित्र मनको वावरी । निर्मात्री समेत रहेकी नायिका एन्सर्ज गुरुङले फिल्म ‘बाबरी’ मा असाध्यै राम्रो र लोभैलाग्दो कलात्मक भूमिका निभाएकी छिन् ।

त्यस्तैगरी चलचित्र कलाकारहरुमा गमन घले, एन्सर्ज गुरुङ, राजु गुरुङ, डीबी गुरुङ, सूर्य सुनुवार, राजेन्द्र थापा, एनबी गुरुङ, सीता गुरुङ, सोनी गुरुङ, केदारनाथ पौडेल, विनु गुरुङ, इशु गुरुङ, याम कुमारी क्षेत्री लगायतले वडो उत्कृष्ट, मार्मिक र तारिफयोग्य अभिनय प्रस्तुत गरेका छन्।

स्याङ्जाको पेल्काचौरमा छायांकन गरिएको यस मनको बाबरी फिल्मले लाहुरे संस्कृति, गुरुङ समुदायका रहन सहन, ग्रामीण परिवेशलाई यथार्थ रुपमा समेटेर तयार पारिएको छ। सायद फिल्म मनको वावरी हेरिसकेपछि समाज र सामाजिक प्राणीमाथि परिवर्तनको छुट्टै तरङ्ग पैदा गराउनेमा निर्माण टीमको दाबी छ।

फिल्म मनको वावरीलाई गत असारको दोस्रो हप्तामा पोखराबाट पहिलो प्रदर्शन शुरु गरिएको थियो भने अहिले काठमाडौं हुदै जापान, बेलायत र हङकङमा भब्य रुपमा प्रदर्शन भैरहेको छ।

 

Share