देवी-देवताका आकृतिहरु फेला पर्यो, दर्शनार्थीहरुको महा घुइँचो

देवी-देवताका आकृतिहरु फेला पर्यो, दर्शनार्थीहरुको महा घुइँचो

सिन्धुली । सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ८ क्यानेश्वर स्थित चुरे पहाड जंगलमा प्राकृतिक शिव लिंङग लगाएतका विभिन्न देवी देवताका आकृतिहरु फेला परेका छन् । ती फेला परेका विभिन्न आकारका देवी देवताका आकृतिहरुलाई अहिले पूजा अर्चना गर्ने भक्तजनहरुको घुईचो नै लाग्न थालेको छन् ।

चुरे पहाड जंगलको श्रृखलामा एक महिना अगाडी स्थानीय बासिन्दा जंगबहादुर माझीले सपनामा कम्पन आउदा फेला पारेको शिवलिंङग लगाएत गणेश, गढीमाई, ईच्छामाई, चमेलीमाई, जलदेवी, हनुमान पाईला, सतीदेवी बैश्मदेवी पापधर्म मोचन, ईच्छाधारी नाग, कालीनाग, लगाएतका देव देवीहरुका प्राकृतिक आकृतिहरु फेला परेपछि सो स्थानमा श्रद्धालु भक्तजनहरुको घुईचो लाग्न थालेको हो ।

फेला परेका प्राकृतिक शिवलिंङगलाई स्थानीयले जलेश्वर महादेवको नाममा दैनिक रुपमा पुजा आराधना गर्दा कतिपय भक्तजनहरुको मनोकांक्षा समेत पुरा भएपछि स्थानीय श्रद्धालु भक्तजनहरुले ती प्राकृतिक देव देवीहरुका आकृतिहरुको संरक्षणका लागि सरकारी सम्बन्धित निकायले चासोे देखाउनु पर्ने पूजारी जंग बहादुर माझीले बताए ।

चुरे पहाडको वन श्रृखलामा देव देवीका आकृतिहरु फेला परेपछि सिन्धुली जिल्लाका विभिन्न स्थान तथा सर्लाही, महोतरी, धनुषा, रौतहट लगाएत विभिन्न जिल्लाबाट श्रद्धालु भक्तजनहरुको आगमन हुुन थालेकाले सो स्थानमा श्रावण महिनामा महादेवको शिललिंङगमा जल चढाई मेला लगाउनु पर्ने पूजारी जंग बहादुर माझीलेको भनाई छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाही जिल्लाको हरिवनबाट करिव १२ किलो मिटरको दुरीमा सिन्धुलीको क्यानेश्वर पथराही, पानतले हुदै सो स्थानमा पुगिने भएपछि नयाँ पाकृतिक देवदेवीको आकृति अवलोकन गर्न तथा पूजा अर्चना गर्नेहरुको भीड नै बढेको स्थानीय समाजसेवी रामशरण स्याङतानले बताए।

सिन्धुली जिल्लाको क्यानेश्वरमा जिल्लाकै सबैभन्दा ठूलो ऐतिहासिक कुण्डताल भएको स्थान नजिकै प्रााकृतिक देव देवीको आकृतिहरु फेला परेपछि क्यानेश्रलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास र बिस्तार गर्न समेत सघाउ पुग्ने स्थानीय जनप्रतिनिधि बालकृष्ण नेपालले जोड दिएका छन्।

सिन्धुलीको क्यानेश्वरको चुरे पहाड वन श्रृखलामा फेला परेका विभिन्न देव देवीका आकृतिहरु खोटाङ जिल्लाको हलेसी महादेवसँग मिल्ने प्रकृतिका प्राकृतिक आकृतिहरु देखिएपछि स्थानीयले संरक्षण तथा मठ मन्दिरको निर्माण गर्ने तयारी समेत भैरहेको छ ।