उम्मेदवारको सुरक्षा निगरानी कडा बनाइने : गृह मन्त्रालय

उम्मेदवारको सुरक्षा निगरानी कडा बनाइने : गृह मन्त्रालय

काठमाडौ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उठेका उम्मेदवारमाथि श्रृंखलावद्ध बम आक्रमण हुन थालेपछि गृह मन्त्रालयले उम्मेदवारको सुरक्षामा निगरानी बढाएको छ ।

मतदातालाई डर त्रास देखाउने र उम्मेदवारलाई आक्रमण गर्ने जोसुकैलाई पनि नियन्त्रण लिन मन्त्रालयले निर्देशन दिइसकेको गृह मन्त्रालयका प्रवक्ता नारायण शर्मा दुवाडीले जानकारी दिए ।

पछिल्ला केही दिनमा भएका उम्मेदवार आक्रमणमा संलग्न केही व्यक्ति पक्राउ परिसकेको र प्रहरीले अनुसन्धान गरिरहेको प्रवक्ता दुवाडीले बताए । कतिपय उम्मेदवारलाई आवश्यकता अनुसार व्यक्तिगत सुरक्षाकर्मी समेत खटाइएको पनि उनले बताए ।

निर्वाचन विरोधी गतिविधि गर्नेलाई तत्काल पक्राउ गर्न आदेश दिएकाले ढुक्क भएर प्रचार प्रसार गर्न शर्मा दुवाडीले उम्मेदवार र मतदातालाई आग्रह गरे।

विभिन्न नाकाहरुमा चेकजाँचमा कडाई, गस्ती बढाउनेदेखि उम्मेदवार जाने र चुनावी सभा हुने ठाउँहरुमा सुरक्षाकर्मीको बाक््लो उपस्थिति बढाइएको प्रवक्ता दुवाडीको भनाई छ।