पुरुषोत्तम र सबिनालाई “टप मोडल २०१७” घोषित

पुरुषोत्तम र सबिनालाई “टप मोडल २०१७” घोषित

काठमाडौँ । फेशन संसार डट कमको आयोजनामा भएको “टप मोडल २०१७ शो” ग्रान्ड फिनाली राष्ट्रिय नाचघरमा सम्पन्न  भएको छ । उक्त “टप मोडल २०१७ शो” मा पुरुषोत्तम मलिक र सबिना भण्डारी बिजेता बन्न सफल भएको हो ।

आफूहरुलाई अन्य प्रतिष्पर्धीभन्दा फरक, ब्यूटीफूल ह्यान्डसम् र बौद्धिक रुपमा अब्बल साबित गर्दै अन्य प्रतिष्पर्धीरुलाई पछि पार्दै पुरुषोक्त मलिक र सबिना भण्डारीले ताज पहिरन सफल भएको हो ।

त्यस्तैगरी “टप मोडल २०१७ शो” मा युवातर्फ विकल्प शर्मा र सेकेन्ड रनर अप गणेश चन्द फर्स्ट रनर अप बन्न सफल भए भए भने थिए भने युवतीतर्फ रञ्जिता भट्टराई फर्स्ट रनरअप र संगीता थापा सेकेन्ड रनरअप बन्न सफल भएकी हुन् ।

अहिलेका युवा युवतीहरुलाई सञ्चारक्षेत्रमा दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, आत्मविश्वास अभिवृद्धि कक्षा र मोटिभेशन कक्षा लगाएत व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिएर उनीहरुको आत्म बिश्वासलाई अझ माथि उठाउने हेतु यसता खाले कार्यक्रमको आयोजना गरिएको फेशन संसार डट कमका सीईओ ओम ढुंगेल वताए ।

“टप मोडल २०१७ शो”  अन्तिम प्रतिष्पर्धाको निर्णायक मण्डलमा संचारकर्मी तथा कलाकार सुर्य चन्द, मोडल तथा नायिका खुस्बु खड्का, इभेन्ट अर्गानाइजर निशु झा, नायिका नम्रता झा र कलाकार अजय पोखरेल र अज्जुले बिजेता घोषणा गरेका थिए ।

यस्ता सौन्दर्य प्रतियोगीताले नेपाली युवा युवतीहरुबीच व्यक्तित्व विकास र उनीहरुसंग लुकेर वसेका प्रतिभालाई प्रस्फुटन गराई समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुनेमा आफू विश्वस्त रहेको फेशन संसार डट कमका डाइरेक्टर सुरेक्षा भट्टराईले वताइन्।

यसरी आयोजित “टप मोडल २०१७ शो” कार्यक्रमको संचालन भने आश्विनी झा र सन्नी निधिले गरेका थिए ।