“राजा महेन्द्रबाट ठूलो अपराध भयो” : निर शाह

“राजा महेन्द्रबाट ठूलो अपराध भयो” : निर शाह

काठमाडौं  । नेपाली चलचित्र जगतको वरिष्ठ कलाकार निर शाह यतिबेला काठमाडौं क्षेत्र नं. ५ का नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाश शरण महतको चुनाव प्रचारमा व्यस्त छन् ।

शाह आफै पनि उक्त क्षेत्रबाट समानुपातिकमा सिफारिस भएर पनि सूची भित्र पर्न सकेनन् । तर पनि शाहले कांग्रेस उम्मेद्वारहरुको पक्षमा भोट मागि रहेका छन् । घरदैलोदेखि भेला र बैठकहरुमा शाह आर्कषणका केन्द्र बनेका छन् ।

मुलुक कम्युनिष्ट अधिनायकवादतर्फ उन्मुख भएकाले कांग्रेसको जित अत्यावश्यक भएको ठहर शाहको छ। भन्छन्- ‘लोकतन्त्र बचाउनका लागि कांग्रेसको जीत आवश्यक छ ।’

तत्कालिन दरबारका नातेदार शाहले एक कार्यक्रममा राजा महेन्द्रलाई अपराधीको संज्ञा दिए । २०१७ सालमा राजा महेन्द्रले कांग्रेसलाई अपदस्त गरेर कम्युनिष्टहरु च्यापेकाले अहिले तिनै कम्युनिष्टहरु अधिनायकवादी व्यवस्थाको पक्षमा लागेको कलाकार शाहले आरोप लगाए।

राजा महेन्द्रबाट भएको यो गम्भिर अपराध हो भन्ने उनको निष्कर्ष छ । क्षेत्र नं. ५ का स्थायी बासिन्दा शाहको सक्रियताले कांग्रेस कार्यकर्तामा थप नयाँ उत्साह थपिएको छ ।

दुई पटक लगातार जित हासिल गरेको कांग्रेस तेस्रो पटक आफ्नो जित निश्चित गर्ने पक्षमा छ ।