१९ पदक ल्याएर उत्कृष्ट दोस्रो स्थान हासिल

१९ पदक ल्याएर उत्कृष्ट दोस्रो स्थान हासिल

काठमाडौ । कोरियाको जिन्छन शहरमा आयोजित प्रथम वर्ल्ड युथ मार्शल आर्टस् मास्टरशिपमा नेपालले दोस्रो स्थान हासिल गरेको छ।

जम्मा १० मुलुकका खेलाडी सहभागी खेलमा नेपालले ३ स्वर्ण, ६ रजत र १० कास्य पदक सहित १९ पदक ल्याएर दोस्रो स्थान हासिल गर्न सफल भएको हो।

नोभेम्बर ६ अर्थात सोमबार सम्पन्न भएको खेलमा नेपालका तर्फबाट विभिन्न तौल समूहबाट ४१ खेलाडीहरुले सहभागीता जनाएका थिए।

आयाजित खेलमा ५५ केजीको समूहबाट सशिन मोक्तान, ५० केजी समूहबाट अस्मिता खड्का र ७० केजी समूहबाट दिपेन्द्र बोगटीले स्वर्ण पदक जित्न सफल भएको हो ।

नेपाल योङमुदो संघका अध्यक्ष मोहन कुमार कार्की, वरिष्ठ उपाध्यक्ष जनार्जन ढुङगेलको नेतृत्वमा सहभागी नेपाली खेलाडीहरुले विभिन्न ९ तौल समूहमा भाग लिएका थिए ।

खेलाडीहरु आज नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राराष्ट्रिय विमानस्थलमा वरिष्ठ उपाध्यक्ष जनार्जन ढुङगेल, चन्द्रागिरी नगरपालिकाका उप मेयरले पदकधारी खेलाडीहरुलाई फूलमाला र खादा ओढाई स्वागत गरेका थिए ।

यस्तैगरी इन्टरनेश्नल योङमुदो संघले अन्तर्राष्ट्रिय रेफ्री तालिम मार्फत योङमुदो संघका लोकेन्द्र आचार्यलाई अन्तर्राष्ट्रिय रेफ्रीको रुपमा नियुक्त गरेको छन्।