पाटन औद्योगिक क्षेत्रको प्लाष्टिक उद्योगमा आगलागी

पाटन औद्योगिक क्षेत्रको प्लाष्टिक उद्योगमा आगलागी

ललितपुर । ललितपुरको पाटन औद्योगिक क्षेत्र स्थित आनन्द प्लाष्टिक उद्योगमा आगलागी भएको छ । उक्त उद्योगमा आज साँझ ५ वजेबाट विद्युत शर्ट भई आगलागी भएको हो ।

आगो निभाउनको लागि दमकलहरु परिचालित भैसक्दा पनि अहिलेसम्म आगो निभाउन सकेका छैनन् । ललितपुर प्रहरी प्रशासनबाट सुरक्षाकर्मी र सर्बसाधारणहरुको भिड नै लागेको छ । भर्खरै को रिपोर्ट अनुसार भक्तपुरबाट दमकल आइपुगेको छ।

आगो निभाउने प्रयास भैरहेको त्यहाँ उपस्थित सर्बसाधारणको भनाई रहेको छ । जति सक्दो चाँडो आगो निभाउनका लागि उद्योगीहरुले हारगुहार मागेका छन्। अहिलेसम्म आगो पनि निभाउन नसक्दा उद्योगमा के कति क्षती भएको भन्ने यकिन हुन सकेको छैन ।

आगलागी भएको उद्योगसँगै काष्ठ उद्योग रहेको छ र उक्त उद्योगमा पनि आगलागी हुने सम्भावना बढेर गएकोले अरु उद्योगीहरु पनि त्रसित भएका छन्।