मलेसियामाथि नेपालको सानदार जित

मलेसियामाथि नेपालको सानदार जित

काठमाडौ । १९ बर्ष मुनिको एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियाबिरुद्ध सानदार जित हात पारेको छ।

नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको हो । टस हालेर हारेर ब्याटिङ मलेसियालाई ४५ रनमा अलआउट गरेको नेपालले ३३ बलमा दुई विकेट गुमाएर जित हासिल ग¥यो ।

नेपालको जितमा ओपनर अनिलकुमार साहले नटआउट २६ रन जोडे । उनले १५ बलमा १ चौका र ३ छक्का प्रहार गरेका थिए । भीम सार्कीले नटआउट ३ रन जोडे भने कप्तान दीपेन्द्र सिंह ऐरी ३ बलमा २ छक्काको मद्दतमा १२ रन बनाएर आउट भए भने ओपनर आसिफ शेख ४ रनमा आउट भएका थिए।

त्यसअघि मलेसियाको बायुमास ओभलमा वर्षाका कारण २४ ओभरमा छोट्याइएको खेलमा घरेलु टिम १५ ओभरमा तीन बलमा ४५ रनमा अलआउट भएको थियो।

मलेसियाको इनिङ ध्वस्त पार्न नेपालका सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिएका थिए । यस्तैगरी साहब अलाम र कप्तान दीपेन्द्रसिंह ऐरीले समान २–२ र अनिलकुमार साहले १ विकेट लिएका थिए ।