“सिन्की अचार” मा विजय र रिश्माको तात्तातो अभिनय

“सिन्की अचार” मा विजय र रिश्माको तात्तातो अभिनय

काठमाडौ । गीत संगीतक्षेत्रमा विजय रुम्बालाई एक सफल कलाकार एवम् निर्देशकको रुपमा लिने गरिन्छ । उनले धेरै जसो गुरुङ भाषाको फिल्म एबम भिडियोहरु निर्देशन गरेका गिती एवम् लगाएत भिडियोहरु बजारमा छ्याप्छ्याप्ती पाइन्छन् ।

यसै सिलसिलामा गायक विजय रुम्बा लामाको “सिन्की अचार” नामक गीतको म्यूजिक भिडियो अहिले वजारमा सर्बत्र सार्बजनिक भएको छ। जसमा गायक स्वयम् विजय रुम्बा र हट नायिका रिश्मा गुरुङको पेचिलो अनि दमदार अभिनय रहेको छ।

नायिका रिश्मा गुरुङ अहिले म्यूजिक भिडियोतिर निकै नै लहसिएकी छिन् । यसअघि नायिका गुरुङले चर्चित अभिनेता दायाहाङ राई अभिनित चलचित्र ‘कबड्डी’मा सोल्टीनीको भूमिकामा लोभलाग्दो अभिनय पस्किएर एका एक चर्चाको शिखर चुम्न सफल नायिका हुन्।

त्यस्तैगरी पछिलो समयमा निकै चर्चित भिडियोहरु निर्देशन कै क्रममा सारा समय विताउँदै आएका विकास सुबेदीको निर्देशनमा बनेको यस भिडियोको छायांकन भने पर्यटकीय दृष्टिकोणले अति नै सुन्दरस्थल मानिने बन्दिपुरमा गरिएको हो।

शिलन लम्सालद्वारा सम्पादित भिडियो “सिन्की अचार” मा शब्द डिपि खनालको रहेको छ। संगीत सुवास भुषाल, एरेन्जर उदय राज पौडेलले गरेका हुन् भने छायांकन अनिल कुमार मानन्धरले ।

सिन्कीको अचार भने पछि जो कोही पनि हुरुक्कै हुने गर्दछन् । अझ त्यसमाथि पनि सिन्की र ढिँडोलाई अर्गानिक तथा नेपाली मौलिक खान्कीको रुपमा लिने गरिन्छ।

त्यसैले यहाँ गायक विजय र नायिका रिश्माले सिन्की र ढिँडो मिलनविन्दु कस्तो हुन्छ र त्यही सिन्की र ढिँडो खान कत्तिको मरिहत्ते गर्दा रहेछन् त भन्ने भावलाई दर्शाइएको छ ।

विशेषगरी यस “सिन्की अचार” भिडियोले नेपालको पर्यटन प्रबद्र्धन र सम्बद्र्धनमा निकै सघाउ पुर्याउँने खालको म्यूजिक भिडियो निर्माण भएको छ।