सांगीतिक महाजालमा टिकाले फ्याँके पहिलो “मोहनीजाल”

सांगीतिक महाजालमा टिकाले फ्याँके पहिलो “मोहनीजाल”

काठमाडौ । आफ्नो पहिलो सांगीतिक कोशेली लिएर युवा गायक टिका मगर सम्पूर्ण दर्शक स्रोतामाझ झूल्किएका छन् ।

 

गायक मगरको भर्खरै मात्र “मोहनीजाल” म्यूजिक भिडियोलाई एक विशेष कार्यक्रमको आयोजना गरी सार्बजनिक गरिएको हो।

यस “मोहनीजाल” म्यूजिक भिडियोमा लक्ष्मण बस्नेतको शब्द, मोहन मगरको संगीत रहेको छ भने रोशन वान्तवाको संगीत संयोजन रहेको छ।

यस म्युजिक भिडियोमा अमृत, श्रवण, मोनिका लगायत सामुहिक अति आकर्षणयुक्त अनि कलात्मक अभिनयको दृष्यपान गर्न सकिनेछ।

एम आर क्रियशनद्वारा निर्मित “मोहनीजाल”  भिडियोमा निर्देशन रोहित बस्नेतको रहेको छ । त्यस्तैगरी भिडियो छायांकन सिनेमाटोग्राफर ज्ञानेन्द्र शर्माले गरेका हुन् भने सुरेश राउतद्वारा सम्पादित छन् ।