केश कम्पनीको निर्माण उपकरणहरुमा उपहारै उपहार

केश कम्पनीको निर्माण उपकरणहरुमा उपहारै उपहार

काठमाडौ । नेपालको प्रतिष्ठित व्यापारिक समुह शंखर ग्रुपले विगत लामो समयदेखि नेपालमा केश कम्पनीको निर्माण उपकरणहरु विक्री–वितरण गर्दै आएको छ।

विभिन्न समयमा आफ्ना ग्राहक तथा डिलरहरुको लागि कम्पनीले विभिन्न प्रकारका अफरहरु निकाल्दै आइरहेको छ । त्यस्तै अफरहरु अन्र्तगत पछिल्लो समयमा प्राइज टनाटनी, अफर छानीछानी नामक अफर ल्याएको छ ।

उक्त अफर अन्र्तगत नेपालमा सबैभन्दा बढी विक्री हुने केश कम्प्याक्टर र व्याक हो लोडरको प्रत्येक खरिदमा युरोप भ्रमण, टिभीएसको स्ट्राइकर वा फिनिक्स मोटर साइकल, ७.९९ प्रतिशत व्याजदर वा २००० घण्टासम्मको सर्भिसिड्  मध्ये कुनै एक निःशुल्क प्राप्त गर्ने सकिने कम्पनीले जनाएका छन्।

केश कम्पनीको उपकरणहरु आफ्ैमा विश्व प्रसिद्ध, कम इन्धन खपत गरेर वढी उत्पादन दिने र न्यूनतम सर्भिस खर्च लाग्ने कम्पनी हो ।
नेपालको सबैभन्दा बढि शाखा सञ्जाल बाट (धनगडी, नेपालगन्ज, दाड, पोखरा, बुटवल, काठमाडौ, चितवन, हेटौडा, बिरगन्ज, जनकपुर, इटहरी, र बिर्तामोड) गुणस्तरिय बिक्री पछिको सेवा तथा सर्वसुलभ पार्टस उपलब्ध गराउदै आएको छ ।

न्यूनतम इन्धन खपत गर्ने र बढि उत्पादन दिने केश कम्पनीको कम्प्याक्टर तथा व्याकहो लोडरको प्रत्येक खरिदमा २ वर्षको वारेन्टी तथा जगदम्बा क्रेडिट मार्फत तुरुन्त फाइनान्सको सुविधा पनि रहेको कम्पनीले जानकारी गराए ।