तरकारीको भाउ आकासियो, सरकारले अनुगमन थाल्यो

तरकारीको भाउ आकासियो, सरकारले अनुगमन थाल्यो

काठमाडौ । सरकारले आजदेखि तरकारीको मुल्यवृद्धिबारे अनुगमान थालेको छ । उपत्यकामा दशैंदेखि बढेको तरकारीको भाउ अस्भाविक रहेको र अझै घट्न नसकेको भन्दै उपभोक्ताको ब्यापक गुनासो आएपछि सरकारले तरकारी बजारहरुमा अनुगमन थालेको हो ।

आज बिहानैदेखि अनुगमन शुरु गरिएको तरकारी विकास निर्देशनालयका निर्देशक हरिबहादुर केसीले जानकारी दिए । केसीले प्रत्येक दिनको बजार मूल्य बुझेर प्रधानमन्त्री कार्यालयमा रिर्पोटिङ गर्ने र त्यसको आधारमा एक हप्तामा बैठक बसेर अर्को कदम चालिने बताए ।

कृषक भन्दा पनि उपत्तोक्ताहरु मारमा परेको र ब्यापारीहरु बढि फस्टाएको गुनासो आएको केसीले बताए । अनुगमनलाई तिब्रता दिएपछि अस्वभाविक रुपमा बढेको तरकारीको मुल्य घट्ने केसीले विश्वास ब्यक्त गरेका छन् ।

अनुगमानका क्रममा बढि मूल्य लिइको पाइएमा ब्यापारीलाई कालोबजारी ऐन अनुसार कारबाही हुने निर्देशक केसीले बताए । खुद्रा बजारमा सबैजसो तरकारीको मुल्य आकासिएको छ।

तरकारीको थोक ब्यापार गर्नेहरुले उत्पादन कम र आयात पनि कम भएका कारण मुल्य घट्न नसकेको बताइरहेका छन् । बजारमा तरकारी किन्नै नसक्ने गरी महंगो हुने क्रम नरोकिएपछि उपभोक्ताहरु मारमा परेका छन् ।