भारतमाथि नेपालको ऐतिहासिक जित

भारतमाथि नेपालको ऐतिहासिक जित

काठमाडौ । १९ वर्ष मुनिको एशिया कप क्रिकेटमा नेपालले ऐतिहासिक जित हासिल गरेको छ । मलेसियाको बायूमास ओभल मैदानमा नेपालले भारतलाई १९ रनले पराजित गरेको छ।

कप्तान दीपेन्द्र सिंह ऐरीले अलराउण्ड प्रदर्शन गरेपछि नेपालले भारतलाई पहिलो पटक पराजित गरको हो । पहिले ब्याटिङ गरी १ सय ८५ रन बनाएको नेपालले भारतलाई १ सय ६६ रनमा अल आउट ग¥यो र ब्याटिङ तर्फ ८८ रन बनाएका दीपेन्द्रले चार विकेट पनि लिए ।

त्यस्तै साहब आलम र पवन सर्राफले समान दुई विकेट लिए । पहिले ब्याटिङ गरेको नेपालका लागि जितेन्द्र सिंहले ३६ र भीम सार्कीले १५ रनको योगदान गरेका थिए।

१ सय १ बल खेलेर ८८ रन बनाएका कप्तान दीपेन्द्र सिंह ऐरीले ६ चौका र दुई छक्का प्रहार गरे । यो जितसँगै नेपालले अघिल्लो चरण प्रवेश गर्ने संभावना बलियो बनाएको छ।

समूहमा साविक विजेता भारत, बंगलादेश र आयोजक मलेसिया छन् । नेपालले पर्सि मलेसिया सित खेल्नेछ ।