चौतर्फी विकासका लागि नेता कँडेलको कडा प्रतिबद्धता

चौतर्फी विकासका लागि नेता कँडेलको कडा प्रतिबद्धता

नवलपरासी । नेपाली कांग्रेसका नेता एवंम् नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवेन्द्रराज कण्डेल-(मुन्ना बाबु) ले यस क्षेत्रको चौतर्फी विकासको एजेण्डा अघि सारेर आफ्नो उम्मेदवार बनेको स्पष्ट पारेको छ ।

आज आफ्नो निर्वाचन क्षेत्रको प्रचार प्रसारको क्रममा पाल्हीनन्दन गाउंपालिकामा आयोजित चुनाबी प्रचार प्रसार अन्तर्गत घरदैलो अभियानमा मतदातासंग मतमाग्दै नेता कँडेलले आफ्नो योजना सार्वजनिक गरेको हो ।

 

कार्यक्रममा नेता कण्डेलले संबिधानको प्रभावकारी कार्यान्वयनसंगै यस क्षेत्रको भौतिक पूर्वाधार निर्माण, सडक शिक्षा, स्वास्थ्य, खानेपानी, लगायत विकासका एजेण्डा सहित जनताको माँझ आएको कँडेलले दाबीकासाथ प्रस्तुत गरे ।

यस अगाबै पटक पटक गृह राज्यमन्त्रीको भुमिकामा रहँदा यस क्षेत्रमा मन्त्री कँडेलले गर्दै आएको कामको उचित मुल्याकंन गर्दै यस पटक समेत कँडेललाई जनताको काम गर्न अवसर दिने त्यस भेगका प्रतिबद्धता जनाएका छन् ।

नेपाली कांग्रेसको केन्द्रिय प्रचार प्रसार समितिले गरेको अध्ययन प्रतिबेदनमा नवलपरासी–(बर्दघाट सुस्ता) पूर्व निर्वाचन क्षेत्र नं. १ बाट कांग्रेसका महामन्त्री डा. शशांक कोईरालाले र नवलपरासी–(बर्दघाट सुस्ता) पश्चिम निर्वाचन क्षेत्र नं. २ मा कँडेलले प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेसले चुनाब जित्ने ठोकुवा गरिसकेको छ।

पछिल्लो पटक नेता कँडेल घरदैलोमा जाँदा समेत मतदाताले कँडेललाई भव्य रुपमा स्वागत गर्दै आएका छन् । अधिकांश मतदाताको चाहना नेता कण्डेललाई भेटेर आफ्नो समस्या राख्ने योजनामा छन् ।

कँडेलले अहिले मतदातालाई भेटर आफू जनताको सुखदुखमा साथ दिने प्रतिबद्धता जनाएपछि मतदाताले कँडेलको जीत सुनिश्चित भएको निष्कर्ष निकालेका हुन्।

देशैभर निर्वाचनको माहौल तातिरहँदा नवलपरासीमा समेत ‘मुन्ना बाबु’ को चर्चा चलेको हो । ‘मुन्ना बाबु यसपाली’–यो नारा कँडेलको निर्वाचन क्षेत्रमा सर्बत्र गुञ्जिएको छ।

लामो समय राजनीति गरेर स्थानीय रुपमा गरेको विकास र राजनीतिक चरित्रले कंडेललाई उनको क्षेत्रका जनताले माया गरेर दिएको उपनाम हो ‘मुन्ना बाबु’। यस पटक भने जिताएर पठाउने प्रणका साथ चुनावी अभियानमा होमिएको स्थानीय मतदाताहरु बताउंछन् ।

‘सामाजिक क्षेत्रमा समेत अग्रणी योगदान दिदै आएका कंडेलको ख्यातीकै कारण ‘मुन्ना बाबु’ भन्दै जनताले प्रिय नेताका रुपमा चिन्दछन् ।’ स्थानीय मतदाताले पत्रकारहरुलाई भने ‘हाम्रो नेता नै मुन्ना बाबु हो, अरु को उठिरहेको छ चिन्दा पनि चिन्दैनौं ।’ कँडेलले दिवंगत दाजु भाउजुका नाममा नवलपरासीमा खोलेको आँखा अस्पताल उत्तिकै प्रख्यात छ ।

२ पटकसम्म गृहराज्यमन्त्री बनेर गरेको कामले सर्वत्र चिनिएका कँडेल कांग्रेस नवलपरासीका पूर्व सभापति समेत हुन् भने हाल पार्टीका केन्द्रिय सदस्य हुन्।

कांगेस केन्द्रीय सदस्य कंडेलको राजनीतिक बिरासत पुस्तौँ पुस्ताको छ । उनकी हजुरआमा बीपी कोईरालाको पालामा संसदीय समितिको एक मात्र महिला सांसद हुन् । कंडेलका बाबु पृथ्वी राज कंडेल समेत पूर्व सांसद हुन् ।

हाल सुस्ता पश्चिम नवलपरासी प्रतिनिधिसभा २ मा उनको उम्मेदवारी रहेको छ । उक्त क्षेत्रबाट प्रदेश २ क बाट युवा नेता गुणनिधि तिवारी र २ ख बाट अर्का युवा नेता बैजनाथ जैसवाल उम्मेदवार छ्न्।

जनताको मनसंग भिजेका नेताको रुपमा चिनिएका कंडेललाई कांग्रेस र राष्ट्रिय राजनीतिमा नै सम्भावना बोकेका ‘लामो दौड’ का युवा नेताका रुपमा चिनिन्छ’ अर्का मतदाता भन्छन् ‘मुन्ना बाबु नै हो यसपाली ।’