प्रहरी अस्पतालको सेवा अब सर्बसाधारणको लागि खुल्ला

प्रहरी अस्पतालको सेवा अब सर्बसाधारणको लागि खुल्ला

काठमाडौ । आजबाट प्रहरी अस्पताल सर्वसाधारणका लागि समेत खुला भएको छ । यसअघि, बहालवाला तथा अवकाशप्राप्त प्रहरी र तिनका आश्रित परिवारलाई मात्र सेवा दिंदै आएको अस्पतालले आइतबारदेखि सर्वसाधारणलाई समेत सेवा दिन सुरु गरेको हो ।

सेवाको उदघाटन गर्दै प्रहरी महानिरीक्षक अर्यालले अस्पतालको सेवा सुविधामा आमनागरिकको समेत पहुँच पुग्ने उद्देश्यले सेवा प्रदान गर्न लागिएको बताए।

२०४० मा स्थापना भएको काठमाडौं महाराजगञ्जमा रहेको अस्पतालमा अहिले दैनिक ५ सयदेखि १ हजार जनासम्म प्रहरी र तिनका आश्रित परिवारले सेवा लिँदै आएको छ।

आजबाट हरेक दिन दिउँसो साढे १ देखि ३ बजेसम्म सर्वसाधारणका लागि खोलिने व्यवस्था मिलाइएको अस्पतालका मेडिकल डाइरेक्टर डा. दिनेश चन्द्र पोखरेलले जानकारी दिए।

सर्वसाधरणका लागि पुरुष र महिलालाई १०/१० वटा जनरल वेड, ८ वटा इमर्जेन्सी वेड र ४ वटा पोस्ट अप्रेसन बेड छुट्याइएको र आवश्यक परेको खण्डमा बढाइने समेत डा. पोखरेलले बताए।