शिक्षक सेवा आयोगको कार्यालयमा तालाबन्दी

शिक्षक सेवा आयोगको कार्यालयमा तालाबन्दी

काठमाडौ । शिक्षा ऐनको नवौं संशोधनको बिरोध गर्दै विद्यार्थी संघर्ष समितिले शिक्षक सेवा आयोग, सानोठिमीको कार्यालयमा आज तालाबन्दी गरेको छ।

संशोधनमा व्यवस्था गरिएको ७५ प्रतिशतको व्यवस्था खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेका वेला आयोगले २१ गते आन्तरिक प्रतिष्पर्धाका लागि विज्ञापन खुलाएपछि त्यस विरुद्ध तालाबन्दी गर्नु परेको समितिका सह संयोजक दिग्गज धौरालीले बताए ।

आयोगले निकालेको विज्ञापनलाई तत्कालन रोक्नु पर्ने माग सहित बुझाएको ज्ञापनपत्रको समेत सुनावाई नभएपछि तालाबन्दी गर्न बाध्य भएको उनले बताए।

अब सहमति बिना ताला खोले संम्भावित क्षतिको जिम्मा आयोगले लिनु पर्ने समितिको चेतावनी छ । नवौं संशोधनबाट ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धा गराउने व्यवस्था कायम गरिएपछि लाइसेन्स लिएका सात लाख बढी योग्य उम्मेदवारहरू प्रतिस्पर्धाबाटै बञ्चित भएका छन् भने यस अघि ४९ प्रतिशतको व्यवस्था रहेको थियो ।