२० वर्षपछि मोरक्को विश्वकपमा प्रबेश

२० वर्षपछि मोरक्को विश्वकपमा प्रबेश

आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा मोरक्कोले स्थान बनाएको छ । अफ्रिकी क्षेत्रको छनोट अन्तरगत गएराती आइभरीकोष्टलाई दुई सून्यले पराजित गर्दै मोरक्को आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा छनोट भएको हो ।

मोरक्कोले सन् १९९८ पछि अर्थात २० वर्षपछि विश्वकपको ढोका खोलेको छ । अफ्रिकाबाट नाइजेरिया, सेनेगल र ट्युनिसियाले विश्वकप फुटबलमा स्थान बनाएका छन्।

गएराती नै भएको अर्को खेलमा ट्युनिसियाले लिवियासंग गोल रहित बराबरी खेल्यो भने गएराती नै भएको अर्को खेलमा गिनीलाई तीन एकले हराएपनि कंगो अर्को वर्ष हुने विश्वकप फुटबलमा छनोट हुन सकेन ।

यसैबीच विश्वकपको तयारी स्वरुप आयोजक रुससंगको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना विजयी भएको छ । सर्जियो अग्यूरोको गोलको मद्दतमा आयोजक रुसलाई अर्जेन्टिनाले एक सून्यले पराजित गर्यो ।

त्यस्तै अर्को मैत्रीपूर्ण खेलमा स्पेनले आफ्नो घरेलु मैदानमा कोष्टारिकालाई पाँच सून्यले हराएको छ ।