महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारीमा लामिछाने

महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारीमा लामिछाने

काठमाडौ । दरवारमार्ग स्थित प्रधान कार्यालय रहेको महालक्ष्मी विकास बैंक लिमिटेडको कार्तिक यहि २५ गते संचालक समितिको बैठक बसेको थियो।

उक्त सञ्चालक समितिको बैठकले महालक्ष्मी विकास बैंकको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृतमा कृष्ण राज लामिछानेलाई ४ वर्षको लागि नियुक्त गरेको छ।

नव नियुक्त प्रमख कार्यकारी अधिकृत लामिछानेको बैकिé क्षेत्रमा ३० वर्ष भन्दा बढीको अद्भूत् अनुभव रहेको छ भने लामिछाने केहि समय अघि कैलाश विकास बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिएको थिए ।

लामिछानेको कार्यकालमा यस महालक्ष्मी विकास बैंकले ठूलो आर्थि बृद्धिदरको गुणात्मक फड्को मार्र्ने विषयमा संचालक समिति समूह निर्धक्क रहेको छ।

हाल बैंकको चुक्ता पूंजी २ अर्ब ६३ करोड रहेको छ भने २०७४ साल आश्विन मसान्तसम्ममा बैंकको निक्षेप रु. २५ अर्ब १४ करोड र कर्जा सापट रु. २० अर्ब १२ करोड रहेको छ।

अहिलेसम्म बैकको देशभर ६५ वटा शाखा रहेका छन् भने करिब ४ लाखभन्दा बढी ग्राहक रहेको छ ।