सोलुखुम्बुमा थप सुरक्षा रणनीति, प्रजिअ सहितको टोली गाउँ गाउँमा

सोलुखुम्बुमा थप सुरक्षा रणनीति, प्रजिअ सहितको टोली गाउँ गाउँमा

भोजराज कार्की, सोलुखुम्बु : सोलुखुम्बुको सुरक्षा स्थिति मजबुत् बनाउन प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुख गाउँतर्फ प्रस्थान गरेको छ।

चुनावी प्रचार प्रशारको क्रममा शुक्रबार सोताङमा बाम गठबन्धन र नेपाली काग्रेसबीच झडप भएपछि सुरक्षा चुनौती बढेको अनुमान गरिएको छ।

शुक्रबार सोताङमा दुई पक्षिय कार्यकर्ताबिच झडप हुँदा दुई जना गम्भीर घाईते भएका थिए। सोताङ घट्ना लगतै जनतामा असुरक्षाको महशुस बढ्दै गएपछि मतदातादाई ढुक्क भएर मतदान गर्ने वातावरण निर्माणका लागि सुरक्षा अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी सहितको टोली जिल्लाको विभिन्न क्षेत्रको स्थलगत अनुगमनमा रहेको छ ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रेसम बहादुर पराजुली, सशस्त्र प्रहरीका प्रहरी नावय उपरिक्षक गुणराज न्यौपाने सहितको टोली जिल्लाको दुधकौसीका गाउँपालिकातर्फ प्रस्थान गरेको छ ।

गाउँगाउँमा गएर मतदान केन्द्र, मतदानस्थल लगाएत त्यस क्षेत्रको सुरक्षा स्थिति बुझ्ने र थप सुरक्षा व्यवस्था र नयाँ रणनीति बनाईने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।

सुरक्षा चुनौती बढेकाले सुरक्षा व्यवस्था कडाई गरिनुका साथै थप सुरक्षा टोली समेत परिचालन गरिने उनको भनाई छ । प्रजिअ थापाले भने, “स्वच्छ, भय रहित ढंगबाट निर्वाचन सम्पन्न गराउन प्रहरी प्रशासन निस्पक्ष ढंगबाट अगाडी बढ्ने छ ।” विभिन्न जिल्ला हँदै सोलुखुम्बु आउने नाकामा चेकजाँचलाई कडाई गरिएको प्रहरी नायव उपरिक्षक रेसमबहादुर पराजुलीले जानकारी दिए।

छिमेकी जिल्ला ओखलढुंगा, खोटाङ, भोजपुर, संखुवासभा र रामेछाप जिल्ला हुँदै सोलुखुम्बु भित्रने नाकामा दुवै जिल्लाको तर्फबाट सुरक्षा चेकजाँचलाई कडाई गरिएको प्रनाउ थापाले बताए ।

दुवै जिल्लाको सुरक्षा निकायसंग समन्वय गरि सुरक्षा व्यवस्था मजबुत् बनाउन प्रहरी तयार रहेको पनि उनको भनाई छ ।