शुभेच्छा थापाको “यस्तै छ यहाँको चलन” टेलिसृङ्खला प्रशारणको अन्तिम तयारीमा

शुभेच्छा थापाको “यस्तै छ यहाँको चलन” टेलिसृङ्खला प्रशारणको अन्तिम तयारीमा

काठमाडौ । वहुचर्चित टेलिसृङ्खला “यस्तै रहेछ यहाँको चलन” प्रशारणको पूर्व तयारीमा रहेको छ । यस टेलिसृङ्खलालाई शुभेच्छा सिने फ्रेम र राजु गिरी प्रोडक्शनको ब्यानरमा धमाधम निर्माण हुदैछ ।

अभिनयक्षेत्रमा अन्तर्राष्ट्रिय ब्राण्ड बनिसकेकी नायिका शुभेच्छा थापा अभिनित यस धारावाहिक टेलिसृङ्खला आगामी मंशिर ८ गतेबाट हरेक शुक्रबार बेलुका ७ः३० बजे मेघा टेलिभिजनबाट प्रसारण हुँदै जानेछ । यस टेलिसृङ्खलामा नायिका थापाले समाजसेवी नारीको रुपमा भूमिका निभाएकी छिन् ।

 

यस्तैगरी मदन सिटौला, पल्पसा डंगोल, सुरविर पण्डित, पदम पौडेल, सुधन धिताल, सुशिला श्रेष्ठ, सन्तोष परियार, आकाश अधिकारी लगायतका कलाकारहरुको जीवन्त अभिनय रहेको छ ।

राजु गिरीको निर्देशनमा निर्माण भएको “यस्तै रहेछ यहाँको चलन” धारावाहिक टेलिसिरियलमा संगीत बाबुल गिरीले भरेका छन् भने छायांकनको जिम्मा दिपुले लिएका छन्।

समाजमा भए गरेका, हुने गरेका विभिन्न क्रियाकलाप र कर्मकाण्डलाई वडो रसिलो तवरले यथार्थ चित्रण गरिएको छ । टेलिसिरियलबाट दर्शक तथा स्रोताहरुले भरपुर र अचुक मनोरञ्जन लिन पाउनुको साथै सन्देशमूलक र चेतनामूलक रहने निर्माण टीमको दाबी छ।