साइवर अपराध र सञ्चारमाध्यम बिषयक अन्तर्क्रिया सम्पन्न

साइवर अपराध र सञ्चारमाध्यम बिषयक अन्तर्क्रिया सम्पन्न

काठमाडौं । आज प्रेस काउन्सिल नेपालको आयोजनामा साइवर अपराध र सञ्चारमाध्यम बिषयक अन्तत्र्रिmया सम्पन्न भएको छ ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले विश्वका अन्य देशका तुलनामा नेपालमा प्रेस स्वतन्त्रता धेरै, संविधानमा पनि व्यवस्था छ तथापि स्वतन्त्रता असिमित नहुने भन्दै राज्यले बनाएको कानून र हामीले बनाएको आचार संहिता पालना नगरे त्यहीबाट स्वतन्त्रताको उल्लघंन हुने बताउँदै विधि–कानुनको खिल्ली उडाउनु, अराजक बन्नु, साँढे बन्न खोज्नु पत्रकारिता होइन अराजकता हो।

 

राजधानीबाट प्रकाशित हुने साप्ताहिक दिशा निर्देश र उपत्यका दैनिकप्रति लक्षित गर्दै श्रेष्ठले त्यस प्रकारको प्रवृतिलाई रोक्नु पर्ने धारणा राखेका थिए।

प्रेस काउन्सिल ऐन, २०४८ अनुसार पत्रकारिताको बिषयवस्तुको अनुगमन गर्ने, उजुरी उपर सुनुवाई गर्ने र न्याय दिने निकाय भएकोले काउन्सिलका निर्णयमा मन्त्रीले रोक्न, अदालतले रोक्ने काम जायज नहुुने पनि अध्यक्ष श्रेष्ठको तर्क थियो ।

 

केन्द्रीय अनुसन्धान व्यूरोका प्रमुख डिआईजी पुस्कर कार्कीले उच्च ओहोदाका व्यक्ति, सेलीब्रेटीका व्यक्तिगत बिषयमा देश तथा विदेशबाट सञ्चालित अनलाइन पोर्टलबाट सार्वजनिक बेइज्जत, लाञ्छना लगाउने गरी बिषयबस्तु प्रसारित हुने गरेको र त्यस्ता अतिरञ्जित बिषयमा कानून बमोजिम आवश्यक छानविन गरिने गरेको भन्दै साइवर कानून संशोधन गर्नु अत्यावश्यक रहेको बताए ।  केशको प्रकृति हेरेर पत्रकारिताको दायराभित्र नवस्नेलाई आवश्यक कारवाही हुन्छ भन्दै थप जोड दिएका थिए ।

शुभदिन डटकमका अशोक अधिकारीले अनलाइनप्रति विश्वास गुम्दै गएको, यसको उचित व्यवस्थापन आवश्यक रहेको विषयमा ध्यानाकर्षण गराएका थिए। त्यस्तै अनलाइन पत्रकार संघका अध्यक्ष शिव सत्याल र पूर्व अध्यक्ष प्रवेश सुवेदीले प्रविधिले ठूलो छलाङ लगाएको र त्यो स्तरमा वहस हुनु पर्ने, अनलाइन पत्रकारिता र साइवर क्राइम फरक भएको पनि उल्लेख गरे ।

 

प्रेस काउन्सिल नेपालका सदस्य इश्वरीप्रसाद ओझाले कान्छो पुस्ता अनलाइन सशक्त माध्यम भएको र यसलाई व्यवस्थित र मर्यादित गर्नका लागि राज्यले बनाएको कानून र पत्रकार आफैंले निर्माण गरेको आचारसंहिताको अक्षरस पालना गर्नु पर्नेमा जोड दि ।

सोहीे अवसरमा प्रेस काउन्सिलका मिडिया अनुगमनकर्ता टिकाराम सुनारले काउन्सिलको कामकारवाही सम्वन्धि कार्यपत्र प्रस्तुत गरेको थियो।