शिखर शुज क्रेजिमेला अझ थप दुई दिनसम्म चल्ने

शिखर शुज क्रेजिमेला अझ थप दुई दिनसम्म चल्ने

काठमाडौ । विगत २० वर्षअघि स्थापित कम्पनी शिखर शु हालसम्म आइपुग्दा एक परिचित एवम् लोकप्रिय ब्राण्डको रुपमा स्थापित भैसकेको छ।

हालसम्म आइपुग्दा शिखर शुकन्भेयर मेसिन, पियू मेसिन (पोली युरेथेन) र डिएमएस (बुट बनाउने) मेसिनले सुसज्जित भैसकेको छ । शिखर शुजले हाल नेपाली ब्राण्डका जुत्ताको बजारमा महत्वपूर्ण शेएर हिस्सा ओगटेको छ ।

कम्पनीले फरक अवसरहरुमा आफ्नो बजार विस्तार एवम् उत्पादनको प्रबद्र्धन गर्ने उद्देश्यले विभिन्न आकर्षक योजना ल्याउने गरेको कुरा सबैलाई अवगत नै छ।

सोही क्रममा कम्पनीले यसपटक आयोजना गरेको शिखर एकल प्रदर्शनी आयोजना (शिखर शुज क्रेजिमेला) भृकुटी मण्डपमा कात्तिक ६ गतेबाट सुरु भएको थियो।

उक्त मेलामा शिखर शुजले हरेक जुत्ता चप्पलको खरिदमा १० देखि ७० प्रतिशत सम्मको छुट दिँदै आएको छ ।जाडोयामको जुत्ता, छालाको जुत्ता र स्कूलका जुत्ता किन्न गा्रहक वर्गको दिनहँु घुँइचो लागि रहेको कुरा प्रबन्ध निर्देशक रामकृष्ण प्रसाइले जानकारी दिए।

 

ग्राहकहरु पनि सस्तो र सुलभ मूल्यमा जुत्ता र चप्पल किन्न पाउँदा खुशी भइरहेका छन् । ग्राहकहरुको आग्रहलाई ध्यानमा राखी यो मेला थप २ दिन लम्बाइएको छ।

कम्पनीले हाल चप्पल, जुत्ता, सुरक्षा बुट, साधारण बुट, बच्चाको एवम जाडो यामको लागि न्यानो कपडाको जुत्ता लगायतका करिब चार सय डिजाइनका जुत्ता चप्पल उत्पादन गर्दै आएको छ ।

यस उद्योगमा अहिले ७ सयभन्दा बढी व्यक्तिले रोजगारी पाइरहेका छन् । यसरी ग्राहकको हितलाई ध्यानमा राखी कम्पनीले आफ्ना हरेक उत्पादनमा ६ महिनाको वारेण्टी समेत दिदै आएको छ ।

कम्पनीले जुत्ता उत्पादनका लागि आवश्यक कच्चा पदार्थ भारत, थाइल्याण्ड, मलेसिया र चीनबाट आयात गर्दै आएको छ ।