निर्यात बढेपनि अदुवा किसानहरु समस्यामा

निर्यात बढेपनि अदुवा किसानहरु समस्यामा

काठमाडौ । इलामबाट गतआर्थिक बर्षमा ९६ करोड रुपैयाँको अदुवा निर्यात भएको छ । जिल्ला कृषि विकास कार्यालय इलामको तथ्याङ्क अनुसार २७ हजार ५७० मेट्रिक टन अदुवा निर्यात भएको हो ।

अदुवाको व्यवसायीक खेतीमा किसानहरुको आर्कषण बढदो छ तर भारतले विभिन्न कारण देखाउदै पटक–पटक नेपाली अदुवाको निकासी रोक्ने गर्दा किसानहरु समस्यामा पर्ने गरेका छन् ।

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रामसोगारथ शाहका अनुसार जिल्लाका ३ हजार २ सय ३३ हेक्टरमा अदुवाको खेती भईरहेको छ।