हेलिकोप्टर मार्फत निर्वाचन सामग्री डोल्पामा

हेलिकोप्टर मार्फत निर्वाचन सामग्री डोल्पामा

काठमाडौ । राष्ट्रकै दुर्गम जिल्ला डोल्पामा सेनाको हेलिकोप्टर मार्फत निर्वाचन सामग्री पु¥याइएको छ ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका मतपेटिका, मतपत्र, निर्वाचन शिक्षा लगायतका निर्वाचन सामग्री जिल्लामा पुगिसकेको मुख्य निर्वाचन अधिकारीको कार्यालयले जनाएको छ ।

मतपत्र सहितका निर्वाचन सम्वन्धी सम्पूर्ण सामग्री सुर्खेतबाट लगिएको मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले जानकारी दिए।

निर्वाचनलाई शान्तिपूर्ण, धाँधलीरहित र मर्यादित बनाउन, म्यादी प्रहरी, सशस्त्र नेपाल प्रहरी र नेपाली सेना जिल्लाका ६६ वटै मतदान केन्द्रमा खटाउने तयारी भैरहेको छ ।