नेपाली रेश्लर र अमेरिकन रेश्लरवीच बाटैमा हानाहान्

नेपाली रेश्लर र अमेरिकन रेश्लरवीच बाटैमा हानाहान्

काठमाडौ । भारतीय नकाबधारी रेस्लर “द मास्क म्यान” को नेपाल आगमन ले १—२ दिन यता नेपाली माहौल लगाएत विभिन्न सामजिक सन्जालमा ठूलै भूइँचालो गएको छ ।

त्यस्तैगरी हिजो साँझ मात्र प्रो रेस्लिङ गमेर नाम गरेका अमेरिकन खेलाडी काठमाडौं प्रवेश गरिसकेका छन् । अमेरिकन रेस्लिङ गमेरलाई स्वागत गर्न पुगेका नेपाली खेलाडी नुवाकोटे टाइगर लगायत रेस्लिङ संघका पदधिकारिहरु पनि नुवाकोट पुगेका थिए।

अमेरिकन खेलाडी प्रो रेस्लिङ गमेरले नेपाली खेलाडी नुवाकोटे टाइगरलाई अचानक हात पात गरेपछि स्थिति तनाबपूर्ण बनेको थियो ।
नुवाकोटे टाइगरले आफू पाहुनामाथि जथाभाबी व्यबहार गर्न नहुने र उक्त बिदेशी खेलाडीलाई रिङमा बदला लिने दाबी गर्छन् ।

स्वागत गर्न पुगेका नेपाली खेलाडी र पाहुना खेलाडीबिच बिबाद भई घम्साघम्सी भइरहंदा रेस्लिङ पदाधिकारीहलाई भने छुट्याउन हम्मे हम्मे परेको थियो।

यी दुबै खेलाडीबिच पोहर सालको भिडन्तदेखि नै अलि बढी आक्रामक शैलीमा तिक्तता बढेको सबैको आंकलन छ । “द मास्क म्यान्प्रो रेस्लिङ गमेर” लगायत अन्य ८ जना महिला तथा पुरुष रेस्लरहरु नेपाली रेस्लरहरुसँग भिड्न धमाधम नेपाल प्रबेश गर्ने क्रम जारी छ । २ जना बिदेशी रेस्लरहरु भने नेपाल छिरिसकेको रेश्लर संघले वताएको छ ।

अझै ६ जना रेस्लर पाहुना भने यही सुक्रबारसम्ममा नेपाल आइसक्ने रेस्लिङ संघका अध्यक्ष सुनिता थापाले जानकारी दिए ।  यसरी रेस्लरहरु बिचको विवाद र भिडन्त हेर्दा आउदो २५ गते दोश्रो अन्तराष्ट्रिय रिङ्ग रेस्लिङ टुर्नामेन्ट दशरथ रङ्गशालामा भिषण महायुद्ध चर्किने संकेत देखा परिसकेको छ।