भोट माग्दै नेताहरु घरदैलो कार्यक्रममा व्यस्त

भोट माग्दै नेताहरु घरदैलो कार्यक्रममा व्यस्त

काठमाडौ । दुई चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचन नजिकिएसंगै दलका उम्मेदवारहरु भोट माग्न आतुर बनेका छन् ।

उम्मेदवार बनेका दलका शिर्ष नेतादेखि सबै उम्मेदवार आ आफ्नो निर्वाचन क्षेत्रमा चुनावि सभा तथा घरदैलो कार्यक्रममा ब्यस्त भएका छन्।

देशका आधिकांस ठाउँमा यत्तिखेर आम नागरिक धान भित्रयाउने र हिउँदे बाली लगाउने चटारोमा छन् । तर यहि आउँदो मंसिर १० र २१ गते गरी दुई चरणमा हुने प्रदेश र प्रतिनीधिसभा सदस्य निर्वाचनमा विभिन्न दलबाट उम्मेदवार बनेका र स्वतन्त्र रुपमा उठेकाहरु भने चुनावी चटारोमा छन्।

उम्मेदवारहरु धान काट्दै गरेको खेत खेतमा समेत पुगेर भोट माग्न पुगेका छन् । चुनावका लागि गठबन्धन गरेका दलहरु संयुक्त र छुट्टाछुट्टै पनि चुनावी कार्यक्रममै ब्यस्त छन् ।

नेकपा एमालेका अध्यक्ष एवं झापा क्षेत्र नम्बर ५ का उम्मेदवार आज काठमाडौंमै हुने चुनाविसभामा सहभागि हुने र भोलिदेखि आफ्नो निर्वाचन क्षेत्रमा ब्यस्त रहने उजका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति एवं प्रतिनीधिसभाका लागि डडेल्धुराका उम्मेदवार शेरबहादुर देउवा ताप्लेजुङबाट शुरु हुने चुनावी अभियानको उद्घाटन गरेर अन्य कार्यक्रममा सहभागि हुने उनका स्वकिय सचिव भानु देउवाले जानकारी दिए ।