चर्चित गायिका शर्मिला गुरुङले आफ्ना जीवनका भोगाईहरु यसरी वताउँछिन्

चर्चित गायिका शर्मिला गुरुङले आफ्ना जीवनका भोगाईहरु यसरी वताउँछिन्

काठमाडौ । राष्ट्रकै गहना चर्चित गायिका शर्मिला गुरुङको जीवनसँग संक्षिप्त कुराकानीलाई भर्खरै मात्र ट्रुली नेपाल मिडियाले युट्यूव मार्फत वाहिर ल्याएको छ।

गायिका शर्मिला गुरुङ यसैपनि गायन क्षेत्रका सुप्रशिद्ध नाम हो । उनले अहिलेसम्म २५ सयभन्दा बढी मार्मिक गीतहरु गाइसकेकी छिन् । जसमध्ये धेरैजसो लोकदोहोरी नै रहेको छ ।

अहिलेसम्म १९ वटा भन्दा बढी देशहरुमा गायनकै सिलसिलामा भ्रमण गरिसकेकी छिन् भने गायिका गुरुङको धेरैजसो जीवनका महत्वपूर्ण क्षणहरु गीत गाउँनमै खर्चेकी छिन् ।

विगत १७ वर्षदेखि निरन्तर रुपमा संगीतिकक्षेत्रमा समर्पित गरेकी छिन् । भर्खरै मात्र उनले “राधा” नामक एलबम बजारमा ल्याउन लागेकी छिन् जुन एलबममा मर्मस्पर्षी भाका र शब्दमा स्वर दिएकी छिन् ।

जति गीत सुन्यो उति नै सुनौ सुनौ लाग्ने, झन झन स्वर र भाकाहरुको गहिराईमा डुविने मीठो स्वरका धनी शर्मिला गुरुङको आवाज नै जादुमयी छन्।

उनकै आवाजमा …