बुद्धिमान र असल सन्तान जन्माउनु छ भने यी कुराहरुमाथि ध्यान दिनु होला

बुद्धिमान र असल सन्तान जन्माउनु छ भने यी कुराहरुमाथि ध्यान दिनु होला

गर्भिणी स्त्रीको लागि उत्तम र पौष्टिक आहार दुध हो । चामल, दाल, जौ, गहुँ, आदी अन्न र नरिवल, काँक्रो, पाकेको मेवा, टमाटर, लौका, फर्सी तथा नौनी किसमिस् खजुर आदी गर्भिणीका अति उपयुक्त आहार हुन् ।

शरिरमा अलि खुकुलो लुगा लगाउनु देवता, पति, गुरु र व्रम्हालाई प्रशन्न पार्नु पवित्र हुन्छ । वीर, पुरुष, सन्त महात्माको जीवन चरित्र सम्बन्धी पुस्तक र पत्रिकाहरु हेर्नुको साथै यसको अलावा अतिरिक्त निम्न लिखित् नियम पालना गर्नु आवश्यक छ ।

  • गर्भिणीले अग्लो कुर्कुच्चा भएको जुत्ता नलगाउनु किनभने त्यसले मांशपेशीहरु बढ्ता तानिन्छ र संयोगले लडियो भने गर्भपात हुने डर रहन्छ।
  • गर्भिणीको निम्न साधारण गृहकार्य नै व्यायाम जस्तो हुन्छ । अरु बढ्ता परिश्रम गर्न उचित हुदैन । चर्खा चलाउँनु र जाँतोमा पिठो पिध्न पनि लाभदायक हुन्छ । तर थोरै मात्रामा यस्तो साधारण परिश्रम गर्ने स्त्रीहरु भन्दा कुनैपनि काम नगरेर आरामसँग बस्ने स्त्रीलाई प्रसवकालमा वढ्ता पीडा हुन्छ ।
  • अप्ठेरो कुनैपनि एक आशनमा धेरै वेरसम्म बसिरहन हुदैन । मलमुत्र र वायुको वेगलाई रोक्न हुदैन । गर्भिणीले धेरै व्रत उपवास गर्नाले गर्भावस्था शिशुलाई पूरा पोषण पुग्दैन र गर्भ सुक्ने डर हुन्छ ।
  • गर्भिणीले ठूलो हुलहालमा जान र कुनैपनि अत्यन्त डरलाग्दो दृष्य हेर्न हुदैन । त्यसले गर्दा खराव सन्तान पैदा हुन्छ ।
  •  गर्भिणीले भूईकटहर र काचो मेवा कहिल्यै खानु हुदैन । त्यसले गर्भपात हुने पूरा सम्भावना रहन्छ । पाँच महिना नाघेपछि रेल, मोटर र हवाईजहाज, अग्लो होँचो र ढुंगा विच्छ्याएको बाटोबाट यात्रा नगर्नु र सकेसम्म अप्रिय कुरा पनि नसुन्नु।
  • शोक, कलह, भय क्रोध नगर्नु र दिउँसो वढ्ता नसुत्नु । तेल नलगाउँनु र पाँच महिनापछि सम्भोग पनि नगर्नु । चुरोट, तम्बाकु, रक्सी आदी मादक पदार्थको गर्भिणीले कदापी सेवन गर्नु हुदैन ।

उपरोक्त नियमको विरुद्ध आचरण गर्ने नारीहरुका सन्तान लाटो, वहिरो, रोगी, पागल, विकलांग अर्थात अंगभंग भएको जन्मलिन्छ।

अतः गर्भवतीले राम्रो शास्त्रहरुमा शिक्षा दिए अनुसार सुद्ध आचरणले रहनु त्यसले राम्रो बुद्धिमान र असल सन्तान प्राप्त हुन्छ।