अबको लडाई लोकतन्त्र रहन्छ कि रहन्न भन्नेमा केन्द्रित रहने

अबको लडाई लोकतन्त्र रहन्छ कि रहन्न भन्नेमा केन्द्रित रहने

काठमाडौ । नेपाली कांग्रेसले कातिक २५ गतेदेखि चुनावी अभियान शुरु गर्ने भएको छ । आज पत्रकार सम्मेलन गरेर कांग्रेसले ताप्लेजुङबाट चुनावी अभियान सुरु गर्ने जानकारी दिएको हो ।

कांग्रेस चुनाव प्रचार प्रसार समितिका संयोजक बालकृष्ण खाँडले अब देशभरी चुनावी अभियान चलाउने वताए । ताप्लेजुङमा हुने पहिलो चुनावी अभियानलाई कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्नेछ ।

बाम गठवन्धनले पनि यसअघि ताप्लेजुङबाटै चुनावी अभियान सुरु गरेको थियो । पत्रकार सम्मेलनमा खाँडले अबको लडाई लोकतन्त्र रहन्छ की रहँदैन भन्नेमा केन्द्रीत रहेको बताए ।

खाँडले कम्युनिष्टहरु अधिनायकवाद ल्याउन लागिरहेको भन्दै सचेत हुन आग्रह समेत गरे । अधिनायकवाद स्थापना गरे कम्युनिष्टका लागि यो चुनाव अन्तिम हुने उनको दाबी छ।