भोलिबाट चार घण्टा यातायात रोकिने

भोलिबाट चार घण्टा यातायात रोकिने

काठमाडौ । नारायणगढ-मुग्लिन सडकखण्डमा भोलिदेखि यातायात रोकेर भित्ता काट्ने काम समेत शुरु गरिने भएको छ ।

जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार कालोपत्रे गर्ने स्थानमा एकतर्फी बाटो सञ्चालन गरिने र भित्ता काट्ने स्थानमा समेत केही घण्टा सडक रोकेर काम अघि बढाईने छ ।

एकहप्ता परिक्षण स्वरुप विहान ७ बजेदेखि साढे ८ बजे, ११ बजेदेखि १२ बजे, १ बजेदेखि २ बजे र ३ बजेदेखि ४ बजेसम्म दिनमा चार घण्टा यातायात रोकेर भित्ता काट्ने काम गरिने चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए ।