हाउडे-रिमिक्स भिडियो अमेरिकामै रिलिज

हाउडे-रिमिक्स भिडियो अमेरिकामै रिलिज

काठमाडौ । केही समय अगाडी चलचित्र हाउडेको रिमिक्स भर्सन गीतको रोमान्टिक भिडियो ड्रिम्स गेट नेपाल युट्युब च्यानल मार्फत एकैसाथ विश्वभर रिलिज भएको छ ।

नेपालका एक्शन हिरोको रुपमा नाम कहलाएका इश्वर थापाद्वारा निर्देशित चलचित्र हाउडेको रिमिक्स भर्सनको भिडियोलाई अमेरिका मै निर्माण गरी अमेरिकाबाटै रिलिज गरिएको हो ।

चलचित्र हाउडे एक समयमा हट एण्ड हिट फिल्मको रुपमा दर्ज भएका एक तहल्काकारी फिल्मकै टाइटल गीतलाई रिमिक्स भर्सनमा निर्माण गरिएको निर्देशक इश्वर थापाले वताए ।

अमेरिकाको न्यूयोर्क शहरका मनमोहक दृश्य, रमाईलो कथावस्तुमा तयार पारिएको यस भिडियोमा नारु थापाको शब्द र निर्देशक ईश्वर थापाको संगीत रहेको छ भने चर्चित अनि जोशिलो युवा गायक बाबु बोगटीको वडो नशालु आवाज रहेको छ ।

त्यस्तैगरी हाउडे रिमिक्स भर्सन गीतको भिडियोमा अभिनेता जाङबु शेर्पा र हिरोइनको भूमिकामा अमेरिकाकै सुप्रसिद्ध मोडल मे फेरडीनन्दले आकर्षक अनि अति लोभलाग्दो अभिनय प्रस्तुती दिएकी छिन् । साथमा विशेष अतिथि कलाकारका रुपमा राजेश गुरुङ र कृश थापाले पनि प्रशंसायोग्य अभिनय पस्केका छन् ।

हाउडे रिमिक्स भर्सन गीतको छायांकन शंभु मोक्तानले गरेका हुन् । त्यस्तै धरमबीर लामाको कोरियोग्राफी, निमी शेर्पाको मेकअप रहेको छ भने सम्पादन एवम् निर्देशन ईश्वर थापाले नै गरेका छन् ।