वाम गठबन्धन घोषणापत्र सार्वजनिक

वाम गठबन्धन घोषणापत्र सार्वजनिक

काठमाडौ । ‘स्वच्छ निर्वाचन–लोकतन्त्रको आधार, सुशासन र समृद्धिका लागि वामपन्थी सरकार’ नारासहित वाम गठबन्धनको घोषणापत्र सार्वजनिक भएको छ।

काठमाण्डौमा विशेष कार्यक्रम गरेर वामगठबन्धनले चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो । वामगठबन्धनले २५ बर्षमा अर्थात विक्रम संवत २०९९ सम्म मुलुकलाई समुन्नत राष्ट्र बनाउने दावी गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा सार्वजनिक गरेको घोषणापत्रमा लोककल्याणकारी राज्य र सामाजिक सुरक्षा सहितको अवधारणामा जोड दिईएको छ ।

घोषणापत्रमा राष्ट्रिय स्वाधीनतामा कुनै सम्झौता नगर्ने भन्दै भारतसँग सन् १९५० र विभिन्न कालखण्डमा भएका असमान शान्ति सम्झौतामा पुनरावलोकन गरी प्रतिस्थापन गर्ने विषय समावेश गरिएको छ ।

२ , ५ र १० बर्षे विकासका अवधारणा घोषणा मार्फत अघि सारिएको छ ।