द्वन्द्वका कारण मानवीय सङ्कट चुलिदै

द्वन्द्वका कारण मानवीय सङ्कट चुलिदै

काठमाडौ । संयुक्त राष्ट्रसंघीय मानवीय सहायता सम्बन्धी प्रमुख मार्क लोककले यमनमा द्वन्द्वका कारण मानवीय सङ्कट चुलिदै गएको बताएको छ।

लोककले अरब मुलक यमनको अवस्था झन् झन बिग्रदै गएकाले जतिसक्दो छिट्टै राजनैतिक प्रक्रिया मार्फत द्वन्द्वको अन्त्य गर्नु पर्नेमा जोड दिए।

हैजाको महामारी लगायत मानवीय सङ्कटलाई नजिकबाट बुझ्न गाह्रो भन्दै उनले अवस्थामा सुधारको सट्टा झनै बिकराल बन्दै गएको बताएको हो।

यमनको जस्तो हैजाको महामारी विश्वले कहिल्यै पनि नदेखेको र नभोगेको उनको भनाई छ । हैजाका कारण यमनमा २ हजार भन्दा बढीको ज्यान गईसकेको छ । तर हैजा नियन्त्रणका लागि सरकारले जारी राखेका प्रयास पनि पर्याप्त हुन नसकेको अधिकारीहरुले बताउंदै आएका छन्।

यमनमा गएका केही बर्षदेखि जारी राजनीतिक द्वन्द्वका कारण त्यहाँको जनजीवन दिनप्रतिदिन कष्टकर बन्दै गएको छ ।