शेयर बजारमा सुधार आउन सकेन

शेयर बजारमा सुधार आउन सकेन

काठमाडौ । शेयरबजार ओरालो लाग्ने क्रम जारी रहेको छ । नेप्से परिसूचक ८ दशमलव ९७ अंकले घटेर १४ सय ८४ दशमलव ४५ बिन्दुमा झरेको छ।

शुरुवातीको आधा घण्टामा १० अंकले बढेको बजार साढे ११ देखि एक घण्टासम्म लगातार १९ अंकले झर्यो । बजार त्यसपछि केही समय उकालो लागेपनि १४ सय ९२ अंकबाट करिब साढे पाँच अंकले घटेपछि बजार बन्द भयो ।

तिहार पछि बजार हरियो हुन सकेको छैन। तिहार यता मात्रै बजार ९० अंकभन्दा धेरैले घटि सकेको छ ।
आज १ सय ५९ कम्पनीका ११ लाख २९ हजार २ सय ९ कित्ता सेयर किनबेच हुंदा ४२ करोड ४४ लाख ४६ हजारको कारोवार भएको छ।

कारोबार भएका ९ वटा उपसूचक मध्ये ट्रेडिङ एउटा बाहेक सबै समूहका सूचक राता भएका छन् ।