लुटन पल्केकाहरुलाई समाप्त पार्नु पर्छ : यादव

लुटन पल्केकाहरुलाई समाप्त पार्नु पर्छ : यादव

बीरगंज । नेपाल संघिय समाजवादी पार्टीको आज पर्साको पोखरीयामा क्षेत्र नम्बर ३ को क्षेत्रिय भेला सम्पन्न भएको छ ।

भेलालाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय उपाध्यक्ष एवं क्षेत्र नम्बर ३ का सांसदका उम्मेदवार राजकुमार यादवले आचार, विचार, संस्कार, राजनीतिक र सांस्कृति परिवर्तन नभएसम्म सम्मुनत पर्सा बनाउन नसकिने दाबी गरे ।

यादवले राजनीतिकको आवरणमा जनतालाई लुटन पल्केकाहरुलाई समाप्त नपारिन्जेलसम्म सम्बृद्ध पर्साको सपना देख्न नसकिने पनि प्रष्ट पारे।

कार्यक्रममा प्रदेश सभा सदस्य शंकर यादवले मधेशमा बाम गठबन्धन र लोकतान्त्रिकको आवश्यकता छैन भन्ने कुरा आफूहरुले चुनावमा देखाई दिने चेतावनी दिए।

महमुद आलमको सभपातित्वमा सम्पन्न कार्यक्रममा पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियार मन्टु, हरेन्द्र साह कानु, भगवान गिरी, हरेन्द्र सहनी, विना देवी वैठा, कविता चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।