समानुपातिकको उम्मेद्वार, मुख्यमन्त्रीकै दावेदार

समानुपातिकको उम्मेद्वार, मुख्यमन्त्रीकै दावेदार

काठमाडौ । जोशिला, आँटिला र खाइलाग्दा मांसपेशीहरुले भरिएका ज्यान, फिल्मका खरो नायकदेखि आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा माओवोदी केन्द्रवाट समानुपातिक उम्मेदवारको खुड्किलोमा पाइला टेक्न सफल भएका छन् नायक नवल खडका।

अहिलेका जल्दावल्दा उम्मेद्वार नायक खड्काको नशा नशामा, रगत रगतमा राजनीतिका रंगहरु मडारिरहेका छन् । त्यसैले त नायक खड्कालाई माओवादी केन्द्रले प्रदेश नंबर १ को प्रदेशसभातर्फ बन्दसूचीमा नाम प्रवेश गराएको हो ।

नायक खड्काको रुप रङ्ग र सत्कर्मकाण्डले प्रदेश नं. १ को मुख्यमन्त्रीको प्रमुख दावेदारकै रुपमा लिन सकिन्छ । अहिले प्रदेश नं १ का जनताले आफ्नो आशा र भरोशाको केन्द्रविन्दु कै रुपमा हेरेका छन् हिरो नवल खड्कालाई ।

 

फिल्मी शैलीमा हिरो त कति भए कति अब भने राजनीतिक क्षेत्रकै सुपर हिरो बन्ने दाउमा उत्रिएका छन् खड्का । नायक खड्काको व्यक्तित्व इतिहासलाई केलाउँदा चलचित्र निर्माता संघ नेपालको अध्यक्ष, नेपाल चलचित्र कलाकार संघका पूर्व अध्यक्ष समेत बनिसकेका छन् । नेपाली चलचित्र क्षेत्रमा नवलले देशकै निम्ति ऐतिहासिक विषय समेटिएको भीमदत्त, दशगजा, क्रान्ति, आवाज जस्ता दर्जनौं चलचित्रहरुमा क्रान्तिकारी नायकको भूमिका निर्वाह गरिसकेका छन् ।

भारतीय सिमामा काँडेतार अभियानको अभियन्ता, वागमती सरसफाई महाअभियानका प्रणेता लगायत विभिन्न सामाजिक संघ संस्थाहरुमा नायक नवल आवद्ध रहँदै आएको कुरा सबैलाई जगजाहेरै छ । त्यसैले पनि नवलको जित सुनिश्चित देखिन्छ ।

नेपालको उत्तर पूर्वी जिल्ला खोटाङको सिम्पानीको माटो र पानीमा धुलाम्य र हिलाम्य हुँदै हुर्किएका नायक नवलले पूर्वी १ नम्बर क्षेत्रलाई विश्वकै १ नं. बनाउँने गुरु योजना अनुसार अहिलेको बाम गठबन्धनयुक्त राजनीतिमा होमिएका हुन् । अब उनी राजनीतिक क्षेत्रका असल र कुशल नव नायक बनेर उदाएका छन्।

त्यहाँको माटो र पानीले भन्दैछ हाम्रो वासना तिमीले मात्र चालपाउँछौ त्यै भएर तिमीले नेतृत्व गर्नु पर्छ र तिमी नै हाम्रा लागि योग्य छौ भनेर त्यहीको माटो र पानीले वोलाउँदै छ नायक नवल खड्कालाई । त्यसकारण पनि उम्मेद्वारी दिन बाध्य भएको हो नायक खड्काले ।

देशकै निम्ति विशिष्ट योगदान पुर्याउँदै आएका नायक नवलको आमाको गर्भदेखि आफ्नो शैशवकाल र बाल्यकालका महत्वपूर्ण कालखण्ड वितेका ती जन्मभूमि र मातृभूमिको विकासकै निम्ति अहिले आफूले उम्मेद्वारी दर्ता गराउनु परेको दाबी गर्छन् नायक नवल खड्का ।

यस राजनीतिक यात्रामा विजय हासिल गर्न सुनिश्चित जीत हासिल गर्नको निम्ति १ नं. क्षेत्रका सम्पूर्ण जनसमुदायलाई आफ्नो अमूल्य मत दिई जिताउन हृदयदेखि नै हार्दिक अपिल समेत गरेका छन् ।