राजधानीमा आम निर्वाचनको रौनक

राजधानीमा आम निर्वाचनको रौनक

काठमाडौ । नेकपा एमाले काठमाडौ क्षेत्र नं.९ मा वाम गठबन्धनका साझा उम्मेदवारहरु ले आज विहान कामठमाडौ. महानगनरपालिका वाड नं. १४ बल्खु टेकुसीबाट आफनो चुनावि अभियानको थालनी गरेका छन् ।

 

सम्वृद्धि समानता र सवल राष्ट्रको आधार–वामपन्थी गठबन्धनको नेतृत्वमा स्थिर र बहुमतको सरकार भन्ने नाराका साथ काठमाडौ निर्वाचन क्षेत्र नं ९ प्रतिनिधि सभामा, वाम गठबन्धनका साझा जुझारु युवा उम्मेदवार कृष्णगोपाल श्रेष्ठ, काठमाडौ निर्वाचन क्षेत्र नं ९ प्रदेश क का उम्मेदवार डा. अजयक्रान्ति शाक्य र काठमाडौ निर्वाचन क्षेत्र नं ९ प्रदेश ख का उम्मेदवार केशव पोखरेल ले निर्वाचनमा आफनो उम्मेदवारीको विषयमा धारणा राखेका थिए ।

प्रतिनिधि सभाका उम्मेदवार श्रेष्ठले आफनो उम्मेदवारीको विषयमा धारणा राख्दै संविधानको कार्यान्वयन, आर्थिक विकास र भौतिकपूर्वाधार सहितको नयाँ नेपाल निर्माणको लागि वाम गठबन्धनको सरकार आवश्यक रहेको स्पष्ट पारेका थिए ।

कार्यक्रममा सरकारका लागि जनताले वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउने दाबी गर्दै घरदैलो अभियानमा शुरु भएको जानकारी गराईएको थियो।