जुझारु उम्मेद्वार श्रेष्ठको नेतृत्व यसकारणले जरुरी छ

जुझारु उम्मेद्वार श्रेष्ठको नेतृत्व यसकारणले जरुरी छ

नेपालको संविधान २०७२ लाई कार्यान्वयन गर्ने चरणमा मुलुक अगाडी बढी रहेको छ । संघीय प्रणालीको संविधानको कार्यान्वयन गर्ने प्रदेश र केन्द्रिय संसदको आम निर्वाचको तयारीमा देश लागि रहँदा यतिवेला कुन प्रदेशमा कस्ता उम्मेद्वार र संघिय संसदको कुन निर्वाचन क्षेत्रमा कस्ता उम्मेद्वार बनेका छन् । आम मतदातामा कौतुहलता र जिज्ञाशा देखिएको छ।

यसै सन्दर्भमा काठमाडौ निर्वाचन क्षेत्र नं ७ प्रदेश (ख) वाम गठबन्धनका साझा जुझारु युवा उम्मेद्वार प्रकाश श्रेष्ठ संग न्यूज मिसाइलका सम्पादक सानुराजा पुरीसंगको कुराकानीमा आधारितः-

 

तपाई काठमाडौ निर्वाचन क्षेत्र नं ७ प्रदेश (ख) वाम गठबन्धनका साझा उम्मेदवार वामपन्थीको सहयोग पाउनु हुन्छ ?

हाम्रो निर्वाचन क्षेत्र काठमाडौ निर्वाचन क्षेत्र नं ७ प्रदेश (ख) मा नागार्जुन नगरपालिकाको वडा नं. १, २, ३ र तारकेश्वर नगरपालिकाको वडा नं.३, ४, ५ का पर्दछ। यहाँ रहनु भएका आम मतदाताले अनि हाम्रो वाम सहयोद्धा कमरेडहरुले सहयोग गर्ने कुरामा म विश्वस्त छु। विशेषत नेकपा माओवादी केन्द्रसंगको हाम्रो सहकार्य निर्वाचनमा हुनेछ भने निर्वाचनपछि हामी एउटै पार्टी हुदैछौ। यो निर्वाचन मात्र प्राविधिक कारणले हामी लागेका होइनौ हाम्रो गन्तव्य यात्रा लामो छ तसर्थ हामीलाई पूर्ण सहयोग साथ वामगठबन्धनको हुनेछ।

तपाईको उम्मेदवारी किन आवश्यक छ ?

संविधानको कार्यान्वयन, आर्थिक विकास, स्वरोजगार अभियान भौतिक पूर्वाधारहरुको विकासका लागि वाम गठबन्धनको आवश्यकता यतिवेला महसुस भएको छ र यसलाई कार्यान्वयन गर्ने तहमा प्रदेश सभाको ठूलो भूमिका हुने भएकोले मेरो उम्मेद्वारी त्यसैका लागि हो ।

तपाईको दलको एजेण्डा छदैछ, प्रदेश ७ ख को विकास को एजेण्डा के छ ?

पहिलो प्राथमिकता सडक, खानेपानी, यातायात, शिक्षा लगायतको विषयलाई केन्द्रीय सरकार र स्थानीय सरकार वीचमा कसरी समन्वय गरी संचालन गर्न सकिन्छ भनि मसिनो रुपमा हेर्दछु । म हिजो पनि जनताको माझमा रहेर काम गरि सकेकोले भोलिका दिनमा कसरी कुन ठाउँमा विकास के गर्नु पर्दछ भने योजना म संग छ । परम्परागत बस्तीहरुलाई प्रविधिसंग आवद्ध गरि सहर विकास गर्ने, खोलाहरुलाई प्रदुषण मुक्त बनाउने, सार्वजनिक जमिनको अतिक्रमण रोकि व्यवस्थापन र सदुपयोग गर्ने योजना कार्यक्रम हामीसंग छ ।

आर्थिक विकास र समृद्धिका कुरा नारा मात्र हो भनि जनताले आलोचना गरेकोमा के भन्नुहुन्छ ?

आर्थिक विकास र समृद्धिका कुरा नारा मात्र होइन, अब आम निर्वाचनपछि वाम गठबन्धन सरकार बनेपछि स्थिर सरकार हुनेछ र त्यो सरकारले विभिन्न कार्य गर्नेछ। विगतमा कम्युनिष्ट सरकार बनेको देख्न नसक्ने देशीविदेशी शक्ति केन्द्रले हाम्रो योजना लागू गर्न दिएन हामीले योजनाबद्ध तरिकाले काम गर्न पाएनौ र हाम्रा योजना अलपत्र परे। वाम गठबन्धनको प्रदेश र केन्द्रमा सरकार बनिसकेपछि हामीले कृषि पर्यटन र जलविद्युतलाई एकसाथ प्राथमिकतामा राखि कार्य गर्नेछौ अनि यसबाट हुने लाभको फल जनताले पाएपछि त्यो दिन वाम सरकार किन आवश्यक रहेछ भन्ने कुरा प्रष्ट हुन्छ ।

 

तपाईहरुको योजना महत्वकांक्षी मात्र हो भनिन्छ नि ? के त्यस्तै हो ?

होइन हाम्रा योजना यथार्थपरक धरातलमा बनेका छन्। देशका पूर्वाधारको विकास गर्छु, विभिन्न स्थानमा सुरुङमार्ग बनाउने, रेल चलाउने विभिन्न ठाउँमा केवुलकार चलाउने विषय उठाउनु कसरी महत्वकांक्षी योजना हो र ? विश्वका धेरै देशले गरेका कार्य नेपालमा गर्छु देशलाई समुन्नत बनाउँछु भनेको न हो। हाम्रो सरकारले यी काम गर्छ र गर्न सकिने विषय नै हुन्।

तपाईको निर्वाचन क्षेत्र मिश्रित शहरी क्षेत्र हो यसको विकासमा के गर्नुहुन्छ ?

कृषि क्षेत्र ठुलो मात्रमा छ। यसको अधिकतम् सदुपयोग गर्ने योजना छ। आधुनिक र व्यवसायिक कृषि प्राणी लागू गरिनेछ। सहकारीहरुलाई सक्रिय गरि कृषि पेशलाई मर्या्िदत र आम्दानीमूलक पेशाको रुपमा परिचित गराउन कृषि बजार स्थापना गर्ने। बजार अनुगमन गर्ने। युवाहरुको लागि गोलढुंगामा निर्माण भैरहेको फुटवल खेल मैदानलाई राष्ट्रियस्तरको बनाउने। ताकेश्वार नगारपालिकाको वडा नं ३ र ४ लाई जैविक कृषि पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना हामीसंग छ । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको ठूलो भाग हाम्रो प्रदेशमा पर्दछ । यसको सदुपयोग गरि पर्यटनको विकास गर्ने, ग्रामीण कृषि चक्रपथ निर्माणको थालनी गर्ने योजना हामीसंग छ ।

व्यवस्थित सहरीकरण कसरी होला ?

व्यवस्थित सहरीकरणको लागि हामीले अवधारणा प्रस्तुत गरि सकेका छौ । त्यो अवधारणा भनेको अव बन्ने घर मापदण्ड बमोजिमको बनाउने जसले गर्दा व्यवस्थित बस्तीहरुको विकास हुन्छ । हरीयाली सहरको अवधारणा आमीसंग छ । प्रकृति वातावरण मैत्री उघोग स्थापनामा हामीले विशेष जोड दिने छौ। जसले गर्दा प्रदुषण न्यूनीकरणमा सहयोग पुग्नेछ । इचंगुनारायण क्षेत्रलाई विश्व सम्पदा सूचिमा राख्न पहल हुनेछ। परम्परागत संस्कृतिको संरक्षणमा विशेष कार्ययोजना ल्याइनेछ।

अन्त्यमा के भन्नुहुन्छ ?

शिक्षा, स्वास्थ्थ सर्वसुलभ, ग्रामीण अस्पताल, सहरी क्लिनिक, प्राविधिक शिक्षालयको स्थापना, प्रविधि मैत्री शहरको विकासमा हामी निरन्तर लागि रहने छौ। हामीलाई जिताउनुहोस् जनअपेक्षा पूरा गर्ने बाचा गर्दछु ।