प्रचण्डलाई नै रुवाउने कलाकार दिपाले पाइन टिकट

प्रचण्डलाई नै रुवाउने कलाकार दिपाले पाइन टिकट

शव्द र संगीत : खुशीराम पाख्रीन
स्वर : प्रेमकुमारी रामदामसूर्य’

जित्नै पर्छ यो अन्तिम लडाईमा तिमीले लडेर
तिमी फुट्दा मनहरु टुक्रिन्छन् ।
जुट्यौ रे भन्दा मनहरु फक्रिन्छन् ।
देख्न चाहन्छन् सबै एक भएको 
विजयको भण्डा उठेको
चुहिएका छानोहरु टुहरा यी सन्तानहरु
बसेको छन् नयाँ दिन पर्खिएर …….

हेर्नुहोस् भिडियो : तत्कालिन नेकपा माओवादीको चुनवाङ बैठकमा पश्चिम सामना परिवारको तर्फबाट दिलमाया रोका दिपाको वास्तविक घटनामा आधारित अभिनय …

यी प्रतिभाशाली कलाकार हुन् दिलमाया रोका गौतम दिपा । जसले २०५७ सालमा चुनवाङ बैठक रुकुममा आफ्नी टुहुरी दुधे बालकलाई पिठ्यूँमा बोकेर प्रचण्ड, बाबुराम किरण, बादल लगाएतका केन्द्रीय नेता तथा कार्यकर्तालाई रुवाबासी पारेकी थिइन्।

सो कार्यक्रममा प्रचण्ड, बाबुराम, बादल लगाएत सम्पूर्ण उपस्थित सबै कार्यकर्ताको आँखाबाट आँशुको भेल नै वर्षिएका थिए । प्रचण्ड त झनै भक्कानिएरै रोएको भिडियोमा देख्न सक्छौ । यस्तो मार्मिक भावनाले ओतप्रोत भएको गीतमा दिलमाया रोका दिपाको अभिनय मात्र नभएर वास्तविक जिवन कै घटना थियो ।

चुनवाङ बैठक कार्यक्रममा कलाकार दिपाले जनकलाकार खुशीराम पाख्रिनको शव्द संगीतमा रहेको गीतमा प्रत्यक्ष रुममा अभिनय गरेकी थिईन् दिपाले । यसरी प्रतिभाशाली कलाकार दिपाको जन्म ताराखोला गाँउपालिका वार्ड न २ अर्गलमा २०४१ सालमा भएको हो।

सामना सांस्कृतिक परिवारकी प्रतिभाशाली कलाकार दिपाले आसन्न निर्वाचनमा बाग्लुङ जिल्ला माओवादी पार्टीको निर्णय र सिफारिस अनुसार दलित महिलाबाट प्रदेश नम्बर ४ को समानुपातिक उम्मेवारको टिकट पाएकी छन् ।

दिपाले माओवादी संगठनकै जनमुक्ति सेना चित्रबहादुर घर्तीसंग प्रेम विवाह गरेकी थिइन् तर उनले आफ्ना जीवनसाथीसँगको मिठा सपना र आशा पूरा हुन नपाउँदै श्रीमान जनमुक्ति सेना लडाईमा गुमाउन पुगिन् । त्यसमाथि अझ उनको कलिलो बच्चाले श्रीमानको ताजगी बनेर पीडाको सिँयो झै बनेर घाँेचिरहन्थ्यो ।

दिपाको जीवन माओवादी आन्दोलन र जनमुक्तिकै लडाईमै बित्यो । सामना साँस्कृतिक समुहमा रहेर नेपालका पूर्व पश्चिम र भारतको विभिन्न प्रदेशमा साँस्कृतिक कार्यक्रम गरेर पार्टीलाई आवद्ध गराउनुको साथै गीत संगीतबाट जनवादी भावना सम्प्रेषणमा महत्वपूर्ण भूमिका खेल्दै गईन् ।

 

अन्तत एकल जिवन बिताउन सबैलाई कठीन हुन्छ अनि कसले पो सक्छ र ? उनले पनि जीन्दगीको गोरेको मोड बदल्ने त्यही बाटो रोज्न पुगिन् र २०६४ सालमा पुनः सामना साँस्कृतिक परिवारका कलाकार जनवादी गायक, संगीतकार, रचनाकार हाल गलकोट नगरपालिका मल्मका कर्ण परियार विद्रोहीसंग विवाह गरिन् । त्यसपश्चात पार्टी शान्तिकालमा आएपछि जीवनका विभिन्न आरोह अवरोह झेलेर पार्टीमा आवद्ध भईनै रहिन् ।

अब प्रतिनिधि तथा प्रदेशसभाको चुनावमा म विजयी भएर पहिलो कार्य बेपत्ता शहिद परिवार र टुहुरा बालबालिकाको हकहितको लागि आफू लागी पर्ने प्रतिवद्धता जनाउदै नेपाललाई १० वर्ष जनयुद्धदेखि यहाँसम्म ल्याउनमा जिवनको बलिदान दिने शहिदहरुको उच्च मुल्याङकन् र शहिद बेपत्ता परिवारको हेरविचार नै मुल एजेण्डा रहेको वताएकी छिन्।

कलाकार दिलमाया दिपा भन्छिन् , मलाई प्रदेश सांसद बनाउन समानुपातिकतर्फको गोलाकार भित्रको हँसिया हथौडामा मतदान गर्न सबैसँग हार्दिक अपिल समेत गरेकी छिन् ।