कमिशनखोर र गुण्डागर्दी अन्त्य कै लागि आफ्नो उम्मेद्वारी : यादव

कमिशनखोर र गुण्डागर्दी अन्त्य कै लागि आफ्नो उम्मेद्वारी : यादव

बीरगंज । नेपाल संघिय समाजवादी पार्टीले आज पर्साको क्षेत्र नम्बर ४ भिष्वामा कार्यकर्ता भेला सम्पन्न गरेको छ । भेलालाई सम्बोधन गर्दै पार्टीको तर्फबाट क्षेत्र नम्बर ४ को प्रदेश सभा (ख) को उम्मेद्वार मोहम्मद नरसुल्लाह मियाले ग्रामीण क्षेत्रका दलित उत्पिडित जनताको अधिकारका लागि आफूले उम्मे्दवारी दिएको बताएको हो ।

पार्टिका केन्द्रिय सदस्य एवं कालिका माई गाउपालिकाका अध्यक्ष नथुनी प्रसाद कुशवाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टिका क्षेत्रीय संयोजक विरेन्द्र यादव, धु्रव साह गोढ, पप्पु खान, सफल्लाह मिया लगायतले मन्तव्य व्यक्त गरेका थिए।

यसैगरी नेपाल संघिय समाजवादी पार्टिले क्षेत्र नम्बर ३ को सखुवा प्रसौनीमा प्रदेश स्तरीय कार्यकर्ता भेला सम्पन्न गरेको छ।

फरियाद अहम्मदको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्र्दै पार्टिका केन्द्रिय उपाध्यक्ष राजकुमार यादवले भ्रष्टचार, कमिसन खोर र गुण्डा गर्दीको अन्त्यका लागि यस क्षेत्रमा आफूले उम्मेद्वारी दिएको बताए।

यादवले विकास निर्माणमा भइरहेको अनियममिता र ढिलासुस्तीलाई अन्त्य गर्न भण्डाफोर अभियान चलाइने दावी समेत गरे। कार्यक्रममा प्रदेश सभाका उम्मेद्वार भगवान गिरीको समेत सहभागिता रहेको थियो ।