रेस्लिङ्ग खेलाडी धमाधम नेपाल भित्रिदै

रेस्लिङ्ग खेलाडी धमाधम नेपाल भित्रिदै

काठमाडौ । आज बिहान १०ः३० बजे इन्डियन एयरलाइन्स विमानबाट एक नकावधारी व्यक्तिको अचानक अवतरण गरे । देख्दै खाइलाग्दा ज्यानका नकावधारी ती व्यक्ति को थिए भन्ने जिज्ञासाले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा सर्वसाधारणहरुवीचमा कोलाहल नै मच्चिएको थियो।

नकावधारी विमानस्थलबाट वाहिरिए पशचात उपस्थित मिडियाकर्मीले ती व्यक्तिलाई क्यामेरा र माइक लिएर केहि सोधपुछ गरिरहदाँ सर्वसाधारणहरुको भिड लाग्नुको साथै ठूलै अपराधिक गतिविधिमा सम्मिलित व्यक्ति पो हुन् कि भन्ने सबैले लख् काटेका थिए।

तर पत्रकारहरुले अन्र्तवार्ता लिने क्रममा पो थाहा भयो कि उनी त यहि कार्तिक २५ गते दशरथ रंगशालाको कभर्ड हलमा र २७ गते हुने दोस्रो अन्तर्राष्ट्रिय रिङ्ग रेस्लिङ्ग प्रतियोगिता सहभागी खेलाडी भारतबाट आएका रहेछन्।

प्रतियोगिमा नेपाल सहित अमेरिका, सिंगापुर, अष्ट्रेलिया, मलेसिया, भारत, रसिया र चेक रिपब्लिक गरि ८ देशका खेलाडिहरुले सिधै प्रतिस्पर्धा गर्दैछन्। यस दोस्रो अन्तर्राष्ट्रिय रिङ्ग रेस्लिङ्ग प्रतियोगितामा फ्ल्याग् म्याच, सिंगल्स्, ह्याण्डीक्याप, रोयल रम्बल, ट्याग टिम महिला/पुरुष, हार्डकोर र थ्री वे कर्नर जस्ता इभेन्टहरु हुनेछन् ।

नेपालमा यति ठूलो प्रतियोगिताको आयोजना भने डिसहोम मिडिया नेटवर्क र नेपाल रिङ्ग रेस्लिङ्ग संघको संयुक्त आयोजनमा हुन लागेको हो। यस प्रतियोगितालाई डिशहोमले आफ्नो च्यानल एक्सन स्पोर्टस्बाट दशरथ रंगशालाको कबर्ड हलवाटै प्रत्यक्ष प्रशारण गर्नेछ ।