घर खाली गर्न पटक-पटक लिखित सूचना

घर खाली गर्न पटक-पटक लिखित सूचना

काठमाडौ । पूर्वराष्ट्रपति डा रामवरण यादव बस्दै आएको ललितपुरको बागडोलमा रहेको घर खाली गर्न घरधनीले सार्वजनिक सूचना जारी गरेका छन्।

ललितपुर महानगरपालिका-४ बागडोलमा रहेको घर १५ दिन भित्र खालि गर्न घरधनी रविभक्त विष्टले राष्ट्रपति कार्यालय शितल निवास तथा पूर्व राष्ट्रपतिको नाममा सार्वजनिक सूचना जारी गरेको हो ।

यो आर्थिक वर्षको साउनदेखि घर बहालको सम्झौता नविकरण नभएको, बिजुलीको बिल समेत नतिरेको, राष्ट्रपति कार्यालय शितल निवास तथा पूर्वराष्ट्रपतिलाई पटक पटक घर खाली गर्न लिखित सूचना दिँदा समेत खाली नभएको विष्टले बताएको छ ।