प्रदेशकै संरचनामा सवारी इम्बोस्ड प्लेट आजदेखि वितरण

प्रदेशकै संरचनामा सवारी इम्बोस्ड प्लेट आजदेखि वितरण

काठमाडौ । सरकारले प्रदेशकै संरचना अनुसार सवारीमा नयाँ प्रविधिको इम्बोस्ड प्लेट वितरण प्रक्रिया आजदेखि शुरु गर्दैछ । यातायात व्यवस्था विभागले इम्बोस्ड प्लेटका लागि स्वेच्छिक अनलाइन आवेदन आजदेखि खुल्ला गर्न लागेको हो ।

एकान्तकुनामा रहेको साना ठूला सवारी कार्यालय मार्फत इम्बोस्ड नम्बर प्लेटको वितरण खुला गर्न लागिएको विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए । विभागका अनुसार नयाँ प्रविधिको सवारी इम्बोस्ड नम्बर प्लेटमा प्रदेशकै नाम राखिएको छ ।

यसअघि अञ्चलका आधारमा नम्बर प्लेट वितरण गर्ने व्यवस्थामा संशोधन गर्दै प्रदेशका आधारमा इम्बोस्ड प्लेटको वितरण गर्ने भएको हो। अब वितरण हुन लागेको इम्बोस्डमा बागमतीको ठाउँमा ‘स्टेट–३’ उल्लेख गरिनेछ ।

अन्य ठाउँमा वितरण थाल्दा पनि सम्बन्धित प्रदेशकै पहिचान नम्बर राखिने भएको छ । पहिलो चरणमा तीन पांग्रे तथा चार पांग्रे साना तथा ठूला सवारी धनीले मात्रै इम्बोस्ड प्लेटका लागि आवेदन दिन सक्नेछन् ।

टेम्पो लगायतका तीन पांग्रे साना सवारीका लागि २ हजार ९, कार, जीप, भ्यान तथा ट्रयाक्टर लगायत चारपांग्रेले ३ हजार २ सय रुपैयाँ शुल्क तिर्नु पर्नेछ।