सिलौटोमा राखेर अदुवा थिचे झैँ थिची दिए हुन्छ हाम्रा हातहरु

सिलौटोमा राखेर अदुवा थिचे झैँ थिची दिए हुन्छ हाम्रा हातहरु

भोला दीप यात्री/नुवाकोट । सधैभरि आफ्नै दुनो सोझ्याउनेको पछि लाग्ने म जस्ता नुवाकोटका जनतालाई त खुच्चिङ्ग । हामीले हरेक चुनाबमा भोट हाल्यौं, जितायौं महान महान टाउके नेताहरुलाई ।

उनीहरुले जिते, समय पनि कटाए । दाजुभाई यस्तै यस्तै गर्दै केहि नेताहरु बदलिए तर हामी प्रति उनीहरुको कहिल्यै नजर बदलिएन ।

उनीहरुको निगाहमा बैकको पाले, पिउनतिर जागीर खाएका महान आत्माहरुको अनि उनीहरुकै मीठा आस्वासनमा ताली बजाउदै पछि लाग्ने हामी जस्ताले धोका नपाए कसले पाउछ ?

लोकतन्त्रमा एउटा वडा सदस्यले त अडान लिन सक्दा जिल्ला हुदै केन्द्रसम्म हल्लाउन सक्छ भने बर्षौसम्म पटक पटक देशको चाबी साँचो लंगौटीमा बाँधेर हिड्दा के पो माखो मारेकोे रहेछ र खै कुन्नी ?

सायद अन्त सबैतिर ध्यान दिँदा आफ्नैतिर बिर्सिसकेको हो कि ? अब पनि यी पटक पटक २/४ ट्वाक चिसोमा बिक्ने हो भने हामी जत्तिको निकम्मा कोहि हुन्नौ । लेखेर राख्नोस आजसम्म तपाईको र हाम्रो करङगको हड्डीको भर्याङ्ग चढेर उनीहरुले आफ्ना लागि मात्र गरे।

२/४ जना आसेपासेलाई बैकमा पाले, पिउन, झ्याप खान पाउने उपभोक्ता समितितिर अ–दक्ष बाट अध्यक्ष भए त काम हुन्थ्यो होला, अ–दक्ष्य नै हो बनाई दिने बाहेक केहि गरेनन् ।

मनाङ्ग, मुस्ताङ्ग, कालिकोट र जाजरकोटभन्दा बिकट छ देशको राजधानीबाट ३०/३२ किमि दुरीको ठाउँ, थुक्क हाम्रो भाग्य अनि हाम्रो थुक्क महान आत्मालाई जिताउने हाम्रा हात । सिलौटोमा राखेर अदुवा थिचे झैँ थिची दिए हुन्छ हाम्रा हातहरुलाई ।

सधैभरि यहि क्रम दोहोर्याउदै जाउँ, यसै गरि आफैलाई धिक्कारौ । सबै हामी निकम्मा नालायकहरुलाई सुभकामना । यहि नै हो हजुर हाम्रो लोकतन्त्र।

न त मलाई कुनै दल प्रति पुर्बाग्रह छ, न कसै प्रति सहानुभूती, बस कुरो यत्ति हो हाम्रो लागि केहि गर्न सक्ने इच्छाशक्ति भएकालाई मतदान गरौ।

सामुन्ने हुँदा हुँदै पनि बिकट बनेका ककनी, ओखरपौवा, चाउथे, कुमारी, दुई पिपल लगायत भेगमा पनि बिकाश हुनुपर्छ भन्ने प्रतिबद्धता भएकाहरुलाई मात्र मतदान गरौ । नुवाकोटका सबैमा यत्ति अनुरोध ।