उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

काठमाडौ । दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष तर्फ उम्मेदवारी दिएकाको अन्तिम नामावली सार्वजनिक भएको छ।

उमेद्वारी दर्ता गराएका २ सय ६४ जनाले आफ्नो उमेद्वारी फिर्ता गरेका छन् । दुई जनाको उमेद्वारी रद्द भएको छ भने चार जनाको दावी विरोधबाट खारेज भको छ ।

अब चुनावी मैदानमा ४ हजार ४ सय ८३ उमेद्वार छन् । निर्वाचन आयोगले उमेद्वारहरुलाई आजै निर्वाचन चिन्ह प्रदान गरेको छ। आयोगले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी उम्मेदवारी फिर्ता लिन समय दिएको थियो ।

३ बजेसम्ममा अन्तिम नामावाली प्रकाशन गरि आयोगले बेलुकी ६ बजे सम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरेको आयोगका प्रबक्ता नवराज ढकालले जानकारी दिए ।