पैसा बाँडेर भोट किन्न खोज्नेलाई यादवको कडा चेतावनी

पैसा बाँडेर भोट किन्न खोज्नेलाई यादवको कडा चेतावनी

बीरगंज । नेपाल संघिय समाजवादी पार्टीका केन्द्रिय उपाध्यक्ष राजकुमार यादवले सर्वसाधारण निमुखा जनतालाई पैसा बाडेर भोट किन्न खोज्ने उम्मेदवारलाई प्रतिकार गरिने चेतावनी दिएको छ ।

नेपाल संघिय समाजवादी पार्टी पर्साको आज सम्पन्न कार्यकर्ता भेला तथा निर्वाचन परिचालन सम्बन्धी रणनीतिक वैठकलाई सम्बोधन गर्दै केन्द्रिय उपाध्यक्ष यादवले दलको आवरणमा चुनाव लडने दलाललाई नछाडिने बताएको हो ।

यादवले शोषित पिडित जनताको अस्तित्व जोगाउन भ्रष्टाचार मुक्त समाज निर्माण गर्न खोक्रो समाजवादको नारा दिदै जनतालाई भ्रममा राख्ने तत्वहरुको भण्डाफोर गर्न आफूहरु निर्वाचनमा उत्रिएको बताए ।

कार्यक्रममा संघिय समाजवादी पार्टीका उम्मेदवारहरु कदम रसुल, डा.मनोज यादव, शंकर राउत अहिर, महम्मद नसरुल मिया, श्रीभगवान गिरी, इम्दाद गद्दी, नथुनी कुशवाहा, कविता चौधरी, विना देवी, विरन्द्र राम लगायतले मन्तव्य व्यक्त गरेका थिए।