सार्है मार्मिक भिडियो ”को हो आफ्नो” आजबाट सर्बत्र सार्बजनिक

सार्है मार्मिक भिडियो ”को हो आफ्नो” आजबाट सर्बत्र सार्बजनिक

काठमाडौ । चलचित्र निर्देशक हरि उदासी नाम लिने वित्तिकै चलचित्र क्षेत्रमा जो कोही पनि हुरुक्कै हुने गर्दछ । अहिलेसम्म जतिपनि चलचित्र होस् या म्यूजिक भिडियो भनौ कमै निर्देशन गर्ने गर्छन् तर यसक्षेत्रमा जे जति काम गरेका छन् ती सबै उत्कृष्ट र सुपरहिट नै छन्।

निर्देशक उदासीले मीठा मीठा भरिएको चर्चित गायक गायिकाको स्वरमा सम्मिलित, चर्चित शब्द रचनाकार अनि वरिष्ठ संगीतकारको तालमेलमा गीतलाई वडो मेहनतकासाथ गरी गरी म्यूजिक भिडियो तथा चलचित्र निर्माण गर्ने गरेका छन् ।

यसैसन्दर्भमा निर्देशक उदासी भन्छन् : “सागरमा डुब्न परे पछि ढुङ्गा त जसले पनि लिएर आउँछ तर जोखिम मोली सकेपछि मोती नै टिप्नु पर्छ ।” यसकारण कडा मेहनती र सफल निर्माता अनि निर्देशनको परिचय नै बोकेको छ निर्देशक उदासीले । जे गर्छन् राम्रा गर्छन्, जे दिन्छन् राम्रा दिन्छन् दर्शक स्रोताहरुलाई र देशका लागि पनि ।

यसरी सफल कलाकार उदासीको कन्सेप्ट र निर्देशनमा यो साता दुई वटा भिडियो रिलिज हुँदैछ। ती मध्ये एउटा म्यूजिक भिडियो विन्दवासिनी म्यूजिक मार्फत सिता भट्टराईको शब्द रचना, पूर्ण परियारको संगीत र प्रमोद खरेलको आवाजमा “को हो आफ्नो” वोलको गीत भिडियो सार्बजनिक भएको छ।

”को हो आफ्नो ” म्यूजिक भिडियो मा अहिलेको खुबै चर्चा कमाएकी हट नायिका शुभेच्छा थापा र क्यामेरामेनबाटै विस्तारै मोडलिङ्ग क्षेत्रमा प्रवेश गरेका देवराज आचार्यले अभिनय गरेका छन् ।

त्यस्तैगरी अर्को उदियमान मोडल सञ्जीव दोङ्ग र सानो वाल कलाकार सहनिसले अभिनय गरेका छन् । त्यस्तैगरी क्यामेरामा सन्तोष तामाङ, श्रृङगार सुशिला कुमाल र सम्पादनमा अहिलेका जल्दावल्दा युवा सिलन लम्सालले गरेका छन् ।

नायिका शुभेच्छा थापा र निर्देशक हरि उदासीवीच निक्कै चक्कर चलेको छ भनेर वजारमा हल्ला फिजिएको छ नि भन्ने प्रश्नको जवाफमा उदासीको भनाई थियो : यो कुरा निराधार हो, यस्ता हल्लाहरु चल्ने गरेकै छ तर हल्ला चलेता पनि हामी दुबैजना एक अर्काको मन मिल्ने साथी हौ भन्दै खुलासा गरे । र अब आगामी दिनहरुमा पनि चलचित्रमा दुबैजनाले एकैसाथमा काम गर्न लागेको वताए।