कहाँ कहाँका वागी उम्मेद्वारले उम्मेदवारी फिर्ता लिए

कहाँ कहाँका वागी उम्मेद्वारले उम्मेदवारी फिर्ता लिए

काठमाडौ । पूर्व प्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपाल विरुद्ध काठमाण्डौ २ मा वागी उम्मेदवारी दिएका एलपी श्रेष्ठले उम्मेदवारी फिर्ता लिएको छ।

यस्तै उदयपुर २ मा वामगठबन्धनका माओवादी उम्मेदवार हिमाल किराँती विरुद्ध उम्मेदवारी दिएका एमाले नेता जगन्नाथ खतिवडाले पनि उम्मेदवारी फिर्ता लिएको छ।

कोमल ओलीले दाङ-३ बाट प्रतिनीधिसभामा दिएको उम्मेदवारी फिर्ता लिएको छ । मधेसी गठबन्धनबाट सप्तरी २ मा उम्मेदवार बनेका फोरम अध्यक्ष उपेन्द्र यादवका बागीले भने उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेका छन् ।

यादव विरुद्ध राजपा सह महामन्त्री जयप्रकाश ठाकुरले स्वतन्त्र उम्मेदवारी दर्ता गरेको छ । राजपा नेताहरुले फिर्ता गराउन प्रयास गरेपनि असफल भएको छ।

महोत्तरीमा राजपाका अध्यक्ष मण्डलका संयोजक महन्त ठाकूर विरुद्ध उमेद्वारी दिएका चन्द्रेश्वर झाले पनि उमेद्वारी फिर्ता लिन अस्वीकार गरेको छ। कञ्चनपुरमा कांग्रेसका उमेद्वार एनपी साउद विरुद्ध उमेद्वारी दिएका सिद्धराज भट्टले पनि उमेद्वारी फिर्ता लिएको छ ।

दाङमा माओवादी नेता कुबेर ओलीले दाङ ३ को कमा प्रदेशसभा र गेदलाल भण्डारीले दाङ ३ को बाट आफ्नै गठवन्धन विरुद्ध उमेद्वारी दिएकोमा फिर्ता लिएको छ।

उदयपुर २ क मा वागी दिएकी भेषकुमारी राउतलाई समर्थन गरेर माओवादीले नारायण बहादुर मगरको उम्मेदवारी फिर्ता गराएको छ ।