‘मगर मिस क्वीन तनहुँ २०१७’ उपाधि सञ्जु थापालाई

‘मगर मिस क्वीन तनहुँ २०१७’ उपाधि सञ्जु थापालाई

तनहुँ । तनहुँ इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको ‘मगर मिस क्वीन तनहुँ २०१७’ मा म्याग्दे गाउँपालिका थर्पुकी सञ्जु थापा ‘मगर मिस क्वीन तनहुँ २०१७’ जित्न सफल भएकी छिन् ।

तनहुँ इभेन्ट म्यानेजमेन्टले गरेको प्रतियोगितामा कक्षा ११ मा अध्ययनरत थापाले मिस क्वीन तनहुँ सिजन दुईको उपाधि जितेकी हुन् । उपाधिसँगै थापाले टिभिएस स्कुटर प्राप्त गरेकी छिन् ।

प्रतियोगितामा सत्यवती मावि कक्षा १२ मा अध्ययनरत् मुना थापा फस्ट रनरअप, सत्यवतीकै १२ कक्षा अध्ययनरत अनु श्रेष्ठ सेकेण्ड रनर अप र पराशर कलेज कक्षा १२ की शर्मिला राना मगर थर्ड रनर अप भएका छन् ।